‘आर्थिक रुपान्तरणका लागि देशभित्र र बाहिर हुने नेपालीको सहभागिता आवश्यक’ «

‘आर्थिक रुपान्तरणका लागि देशभित्र र बाहिर हुने नेपालीको सहभागिता आवश्यक’

फाइल तस्बिर ।

भक्तपुर- अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आर्थिक रुपान्तरणको लागि देशभित्र र बाहिर हुने नेपालीहरुको सहभागिता आवश्यक रहेको बताएका छन् । मंगलबार भक्तपुरमा गणेशमान सिंहको प्रतिक अनावरण कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र सुधार आएको भन्दै आर्थिक उन्नती हुने सकारात्मक माहोल बनाउन आवश्यक रहेको बताएका हुन् ।

उनले आर्थिक विकासको सकारात्मक माहोल बनाउनको लागि आर्थिक गतिविधिमा सबै समोलन हुनपर्ने उल्लेख गरे । उनले मुलुकको आर्थिक रुपान्तरणमा सहभागि हुने अभियानलाई पूर्ण आत्मविश्वासका साथ सबै पक्ष लाग्नुको विकल्प नभएको बताए । उनले सरकार मुलुकमा सुशासन र लोकतान्त्रिक मूल्यमान्यतालाई स्थापना गर्न प्रतिवद्ध रहेको बताए ।

‘मुलुकमा समृद्धि ल्याउने कुरामा सबै मिलेर लाग्नुपर्ने छ । देशमा अब आर्थिक उन्नति हुन्छ भन्ने सकारात्मक माहोल बनाएर लगानी बढाउँदै आर्थिक गतिविधिमा संलग्न हुनु आवश्यक छ । उनले भने, देश र विदेशमा भएका नेपालीहरु मुलुकको आर्थिक रुपान्तरणमा सहभागि हुने अभियानलाई पूर्ण आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ । सरकार सुशासन र लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापना गर्न सरकार प्रतिवद्ध छ ।’

उनले गणेशमान सिंह पार्कको स्थानीय,प्रदेश र संघ सरकारको सहकार्यमा पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले पार्क निर्माणको बाँकी काममा सरकारको सहयोग रहने बताए ।

प्रतिक्रिया दिनुहोस्