हरिप्रसाद चौरसियाको सांगीतिक कार्यक्रम «

हरिप्रसाद चौरसियाको सांगीतिक कार्यक्रम

भारतको ७३ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा काठमाडौंस्थित भारतीय राजदूतावासले साउन ३० गते भद्रकालीस्थित सैनिक सभामण्डवमा विश्वविख्यात बाँसुरीवादक पण्डित हरिप्रसाद चौरसियाको सांगीतिक कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली विशेष अतिथिका रुपमा उपस्थित थिए ।
राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, सञ्चारकर्मी तथा विद्यार्थी लगायत विभिन्न क्षेत्रका झण्डै ७०० भन्दा बढी व्यक्तिहरुको सो कार्यक्रममा उपस्थिति थियो । कार्यक्रममा पण्डित हरिप्रसाद चौरसियाका साथमा विवेक सोनार (बाँसुरी), देबोप्रिया रणदिवे (बाँसुरी), अमृता उप्रेती (तानपुरा) तथा शुभांकर बेनर्जी (तबला) थिए । पण्डित हरिप्रसाद चौरसिया सांगीतिक क्षेत्रका विश्व प्रख्यात व्यक्तित्व हुन् । उनले आफ्नो प्रस्तुतिबाट दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्