भिभो स्मार्टफोनमा प्रि–फेस्टिभल अफर «

भिभो स्मार्टफोनमा प्रि–फेस्टिभल अफर

काठमाडौं– नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै भिभोले आफ्ना तीनवटा नयाँ स्मार्टफोनमा दशैं तिहार विशेष प्रि–फेस्टिभल अफरहरूको घोषणा गरेको छ । प्रि–फेस्टिभल अफर भी२७ फाइभजी, ट्रेण्डसेटिङ वाई३६ र स्टाइलिस वाई०२ मा मात्र लागू हुने जनाएको छ ।

यी आकर्षक अफर देशभरका भिभोको रिटेल आउटलेट र विभिन्न इ–कमर्स प्लेटफर्ममा उपलब्ध रहेको बताइएको छ । ५८ हजार ९९ मूल्य रहेको यो स्मार्टफोन अफर अवधिभरि नयाँ मूल्य ५६ हजार ९९९ मा उपलब्ध हुनेछ ।

यसैगरी वाई३६ स्मार्टफोनको मूल्य सीमित अवधिका लागि २७ हजार ९९९ भएको छ । वाई०२ को मूल्य १२ हजार ९९९ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्