सानिमा बैंक र फ्रन्टलाइन हस्पिटलबीच सम्झौता

काठमाडौं– सानिमा बैंकले पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुट दिनेबारे सम्झौता गरेको छ । आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बैंकले सो छुटको व्यवस्था गरेको जनाएको छ ।
उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले ओपिडी÷आइपिडी तथा बेड सम्बन्धी शुल्कमा १३ प्रतिशत, औषधीको शुल्कमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले यसैगरी ग्राहकलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ । सानिमा बैंकका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा छन् ।