मौलाकाली केवलकारको बुधबार अफर «

मौलाकाली केवलकारको बुधबार अफर

काठामाडौं– मौलाकाली केवलकारले टिकटमा ५० प्रतिशत छुटसहित नयाँ अफर ल्याएको छ । असोज महिनाभरका लागि यो अफर ल्याएको कम्पनीले जनाएको छ ।

यसअघि गत साउनदेखि सञ्चालित इभिनिङ अफरलाई परिस्कृत गर्दै बुधबार दिनभरका लागि टिकटमा ५० प्रतिशत छुट दिन लागेको केवलकारका स्टेशन म्यानेजर सुरज पौडेलले बताए । इभिनिङ अफरप्रति आम यात्रुले दर्शाएको सद्भाव र प्रतिक्रियास्वरूप यो अफर ल्याइएको पौडेलले बताए ।

हाल केवलकारको दुईतर्फी साधारण टिकट मूल्य ५५० रुपैयाँ कायम छ । अफरअन्तर्गत अब यात्रुहरूले २७५ मै केवलकारको दुईतर्फी यात्रा गर्न पाउनेछन् । गत आइतबारदेखि सुरू भएको केवलकारको नियमित मर्मतसम्भार कार्य पनि सकिएको कम्पनीले जनाएको छ ।

केवलकार शनिबार र बिदाका दिनमा बिहान ५ः३० बजेदेखि ६ बजेसम्म अन्य दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्