मंगलम इण्डष्ट्रिज र लायन्स भैरहवा लिगेसीको वृक्षारोपण

काठमाडौं– मंगलम इण्डष्ट्रिज (मंगलम पाइप) र लायन्स क्लब अफ भैरहवा लिगेसीको संयुक्त आयोजनामा भैरहवामा वृक्षारोपण र ट्यांकी वितरण कार्यक्रम सम्पन्न भएको छ ।
इण्डष्ट्रिज र क्लबले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित श्री नवदुर्गा माध्यमिक विद्यालयमा वृक्षारोपण गरेका हुन् । मंगलम इण्डष्ट्रिजका निर्देशक सुर्दशन चुडीवालको उपस्थितिमा कार्यकारी निर्देशक अभिनव चुडीवाल, महाप्रबन्धक प्रदिप शुक्ला र लायन्स भैरहवा लिगेसीका अध्यक्ष रविकान्त उपाध्यायसमेतको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा लायन्स अगुवाहरु धिरज मल्लिक, गोविन्द प्रसाद गिरी, अरुण कुमार मिश्रा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द यादवलगायतले विद्यालयलाई हराभरा बनाउन वृक्षारोपण कार्यक्रमले सहयोग पुर्याउने बताए । कार्यक्रममा विद्यालयलाई पानी ट्यांकी पनि हस्तान्तरण गरिएको थियो ।