नेपाल एसबिआई मर्चेण्टको सीईओमा पोखरेल

काठमाडौं– नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृतमा लेखनाथ पोखरेल नियुक्त भएका छन् ।
मर्चेण्टको सञ्चालक समितिको ५५औं बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा पोखरेललाई नियुक्त गरेको हो । यसअघि उनले नेपाल एसबिआई बैंकको वित्त, लेखापरीक्षण र मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
बैंकिङ तथा वित्तीय क्षेत्रमा १० वर्ष भन्दा बढीको कार्य अनुभव सँगालेका पोखरेल स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व रहेको मर्चेण्टले जनाएको छ ।