Logo

जागिरभन्दा कुखुरापालन राम्रो

धनकुटा-बीबीएससम्मको अध्ययन गरेकी धनकुटा छथर जोरपाटी गाउँपालिका–५ परेवादिनकी इन्दिरा लिम्बु घरमै लोकल कुखुरापालन गरेर मनग्य आम्दानी गर्न सफल भएकी छिन् ।
सामान्यतया पढिसकेपछि आमविद्यार्थीको लक्ष्य जागिर खाने हुन्छ, तर इन्दिरा भने पढाइ सकेपछि न लोक सेवाको तयारीमा लागि न त कुनै जागिरको खोजीमा लागिन् व्यावसायिक लोकल कुखुरा पालनमा । हिले क्याम्पसबाट व्यवस्थापन संकायमा बीबीएससम्मको अध्ययन गरेकी उनले जागिर खाने सोच गरिनन् । उनले जागिरको सट्टा उद्यमशील हुने बाटो रोजिन् ।
घर नजिकैको स्थानीयस्तरमा पाइने बाँसको भाटा र काठको प्रयोगबाट लोकल कुखुरा पालन गर्ने खोर बनाएकी छन् उनले । एक वर्षअघि एउटा माउबाट सुरु गरेकी इन्दिराको खोरमा अहिले ४ सय ५० भन्दा बढी लोकल कुखुरा छन् । “पढाइ सकेपछि फुर्सद भइयो,” उनले भनिन्, “फुर्सदको समयलाई कसरी सदुपयोग गर्ने भनेर सधै मनमा भइरहन्थ्यो । सोही उद्देश्यले कुखुरा पालन गरेकी हुँ ।” ब्रोइलर, गिरिराजभन्दा लोकल कुखुरा पाल्दा नै ठीक होला भन्ने लागेको उनले बताइन् ।
बजारको समस्या नहुने र राम्रो भाउ पाउने भएकाले गर्दा अन्य जातको कुखुरा पालनभन्दा यो ठीक रहेको उनको भनाइ छ । कुखुरापालन गर्नका लागि छथरजोरपाटी गाउँपालिका अन्तर्गतको पशुपंक्षी विकास शाखाले लोकल कुखुरा पालनमा प्रोत्साहन होस् भन्ने उद्देश्यले उनलाई ५० वटा चल्ला र खोर बनाउन २० हजार रुपैयाँ अनुदान रकम प्रदान गरेको
छ । लोकल कुखुरापालन गर्दा ब्रोइलर कुखुराको जस्तो धेरै स्याहारसुसार गर्नु पर्दैन । ६ महिनामा बिक्रीयोग्य हुन्छ । ६ महिना पाल्दा ३ किलोसम्म हुने उनले भनाइ छ । लोकल भाले जातको खुकुरा प्रतिकिलो ५ सय ५० र पोथी प्रतिकिलो ४ सय ५० मा बिक्री हुन्छ । बिक्री गर्न हाटबजार धाउनु पर्दैन । खरिदका लागि व्यापारीहरू घरमै आउने गर्छन् । आगामी केही वर्षभित्र ५ हजार लोकल कुखुरापालन गर्ने लक्ष्य रहेको उनी बताउँछिन् । जागिरभन्दा यही नै राम्रो रहेको उनको भनाइ छ । जागिरमा अरुको समयमा काम गर्नुपर्छ । यो व्यवसायमा जति पनि समय दिन सकिन्छ । सम्भावना देखेर लगानी गरेको उनले बताइन् । पछिल्लो समय गाउँघरमा लोकल कुखुरा पाल्ने क्रम घट्दै जान थालेपछि बजारमा यसको माग धेरै रहेको उनको भनाइ छ । उनी भन्छिन्, “बजारमा सञ्चालित होटलबाट कुखुराको माग आउने गर्छ ।” व्यावसायिक रूपमा लोकल कुखुरापालन गरे नमुना किसान बन्ने उनको सोच छ ।
विकास घिमिरे
धनकुटा, ४ भदौ
बीबीएससम्मको अध्ययन गरेकी धनकुटा छथर जोरपाटी गाउँपालिका–५ परेवादिनकी इन्दिरा लिम्बु घरमै लोकल कुखुरापालन गरेर मनग्य आम्दानी गर्न सफल भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्