दरबारमार्गमा केएफसीको शाखा पुनः «

दरबारमार्गमा केएफसीको शाखा पुनः

काठमाडौं– केएफसी नेपालको दरबारमार्ग स्टोर पुनः सञ्चालनमा आएको छ । विभिन्न कारणले बन्द भएको केएफसीको दरबारमार्गस्थित स्टोर निर्माणपश्चात पुनः सञ्चालनमा आएको छ ।

दरबारमार्ग शाखा नेपालमा खुलेको केएफसीको पहिलो स्टोर हो । सन् २००९ को नोभेम्बर २५ मा दरबारमार्गस्थित केएफसी स्टोरको सञ्चालनसँगै नेपालमा केएफसी ब्राण्डको प्रवेश भएको थियो । यसैबीच केएफसी नेपालले बहुप्रतिक्षित डबल डाउन बर्गर (अल चिकेन–नो बन) नेपाल अधिराज्य भरी आफ्नो स्टोरमा उपलब्ध गराउन सुरु गर्ने भएको छ ।

नेपालमा पर्वहरुको यामलाई लक्षित गर्दै पुनः डबल डाउन बर्गर ग्राहकहरु समक्ष पूराउने निर्णय केएफसीले गरेको छ । कम्पनीले सो शाखाका पुनः सञ्चालनले ग्राहकलाई उनीहरुको मनपर्ने केएफसी परिकारको आनन्द लिनसक्ने आरामदायक र आमन्त्रिण वातावरण प्रदान गर्ने आफ्नो निरन्तरको प्रयासमा एक महत्वपूर्ण कदम भएको केएफसी नेपालले उल्लेख गरेको छ ।

स्टोरको परिमार्जित इन्टेरियर डिजाइन, सुधारिएको सिट प्रबन्ध र स्वागतयोग्य वातावरणले पाहुनाहरुलाई स्मरणीय भोजन अनुभव दिनेछ । साथै ग्राहकको अनुभवलाई अभिवृद्धि गर्नका लागि छिटै नै दरबारमार्ग स्टोरमा स्वचालित रुपमा अर्डर गर्न सकिने सेल्फ–अर्डरिङ कियोस्क मेसिन जडान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्