अल्टिमा अनलाइन मेलामा आइएमई पेको अफर

काठमाडौं– डिजिटल वालेट ‘आईएमई पे’ ले असोज ३ र ४ गते सञ्चालन हुने ‘अल्टिमा अनलाईन मेला’ मा ‘एकको डबल’ अफर सार्वजनिक गरेको छ ।
अल्टिमाले आफ्नो वेबसाइटको लन्चको अवसरलाई लक्षित गर्दै सञ्चालन गर्ने ‘अल्टिमा अनलाइन मेला’ मा (बिहान ९ देखि ११ सम्म र साँझ ६ बजेदेखि राति ८ बजे सम्म) एउटा अल्टिमा अटो ५२० वा अल्टिमा अटोम ३२० इयरबड्स खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निःशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ ।
साथै, अन्य अल्टिमाका गजेट्समा आइएमई पेमार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त हुनेछ ।
अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाईसम्म लैजान तथा ग्राहकलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको आइएमई पेका सीईओ प्रविन रेग्मीले जानकारी दिए ।