गोदरेजको नयाँ अफर सार्वजनिक «

गोदरेजको नयाँ अफर सार्वजनिक

काठमाडौं– भारतका चर्चित होम अप्लाइन्स गोदरेजले यसपालिको दशैं, तिहार तथा छठलाई लक्षित गर्दै गोदरेजको ‘गज्जबको गोदरेज, कमालको अफर’ नामक योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले गोदरेजका विभिन्न होम एप्लाइन्सको खरिदमा आकर्षक क्यासब्याक विशेष उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले यो योजनाको लाभ भदै २६ देखि नेपालभर सीमित अवधिका लागि उठाउन सक्नेछन् ।

यस कमालको अफरमा ग्राहकले कुनैपनि गोदरेजको सामानको खरिदमा २५ प्रतिशतसम्मका अधिकतम छुट र अन्य आकर्षक उपहार पाउन सक्ने बताइएको छ । फ्रन्टलोड वाशिङ मेसिनको खरिदमा ६ केजी एरियल म्याटिक वाशिङ पाउडर तथा टप लोड वाशिङ मेसिन र सेमी अटोमेटिक वाशिङ मेसिनको खरिदमा ३ लिटर एरियल म्याटिक वाशिङ लिक्विड प्राप्त गर्न सक्ने बताइएको छ ।

त्यसैगरी ग्राहकहरुले गोदरेजको साइड बाइ साइड रेफ्रिजरेटर खरिद गर्दा सिजिको इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्न सक्नेछन भने सिंगल तथा डबल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन् । गोदरेजको चेस्ट फ्रिजरको खरिदमा समेत आकर्षक क्यासब्याकको व्यवस्था रहेको बताइएको छ । त्यसैगरी माईक्रोवेभ ओवनमा भने अति उपयोगी कुकिङ्ग किट पाउन सकिनेछ ।

एयर कण्डिसनर खरिद गर्ने उपभोक्ताका लागि कम्पनीले सित्तैमा जडान गरिदिने भएको छ । यसका साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्