इसेवामा विदेशबाट पैसा पठाउँदा काठमाडौंमा घर

काठमाडौं– विदेशमा रहेका नेपालीले इसेवामार्फत रकम पठाउँदा काठमाडौंमा घर जित्न पाउने भएका छन् ।
इसेवा मनी ट्रान्सफरले इसेवासँग सहकार्य गरी असोज १ बाट असार ३१ गतेसम्म इसेवामार्फत रकम पठाउँदा घर जित्ने अफर सार्वजनिक गरेको हो । ‘मेरो डिजिटल देश’ अभियानअन्तरगत डिजिटल रूपमा पैसा पठाउन प्रोत्साहन गर्न काठमाडौंमा घर जित्ने अवसर रहेको छ । डिजिटल रेमिट्यान्सको रुपमा इसेवा वालेटमा सिधै रकम पठाउनु पर्ने छ ।
इसेवामा पैसा पठाउनेहरु मध्येबाट ब्राण्ड एम्बेस्डरहरूले ४ वटा परिवारलाई भेट्न घरमै जाने छ । प्रत्येक महिना एक जनाले आफूले पठाएको पैसाको दोब्बर रकम जित्न सक्नेछन् । असारपछि १ जनाले बम्पर उपहारमा काठमाडौंमा घर पाउने बताइएको छ ।
इसेवाका सीईओ जगदिश खड्काले डिजिटल रूपमा प्राप्त रकमले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए । काठमाडौंमा घर जित्ने अभियानमा जोडिन इसेवा वालेटबाटै रकम पठाउनु पर्नेछ । इसेवा मनी ट्रान्सफरका बैंक खातामा पठाउँदा अफरमा सहभागी हुन पाइँदैन । इसेवामा पठाएको पैसा ग्राहकले बैंक खाता वा अन्य ठाउँमा भुक्तानी गर्न सक्नेछन् ।