चोकोफनको नयाँ विज्ञापन अभियान «

चोकोफनको नयाँ विज्ञापन अभियान

काठमाडौं– कन्फेक्सनरी कम्पनी सुजल फूड्स प्रालिले चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ ।

‘वन्ली चोकोफन’ भन्ने सज्देश बोकेको यस विज्ञापन अभियान आकर्षक ढंगले नेपालभर विभिन्न माध्यममार्फत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार चोकोफन देशकै पहिलो र ओर्जिनल चकलेट वेफर हो र यसको मिठो स्वाद हरेक बालबालिकाको मनमनमा बसेको छ ।

बिगत दुई दशक भन्दा बढी समदेखि आफना हरेक ग्राहक वर्गमा मिठास छर्दै आएको कम्पनीको दाबी छ । यस विज्ञापन अभियानमार्फत बालबालिकाका हरेक रमाइला पललाई ‘वन्ली चोकोफन’ को साथले मात्र पूर्णता मिल्दछ भन्ने सन्देश दिइएको कम्पनीको दावी छ ।

बालबालिकाका विभिन्न रमाइला पलमा चोकोफनको साथले थप खुशी र आनन्द प्राप्त हुन्छ र यसरी उनीहरुको रामाइलो र खुशीको अभिन्न अंगको रुपमा ‘वन्ली चोकोफन’ छ भन्ने अभिप्राय बोकेको यस विज्ञापन अभियानको प्रवद्र्धन टेलिभिजन, रेडियो, डिजिटल मिडिया तथा सामाजिक सञ्जालमार्फत प्रवाह गरिएको छ ।

कम्पनीका अनुसार बालबालिकाले यस विज्ञापनलाई आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्ने छन् । उनीहरुको दैनिकी जीवनमा हुने विभिन्न मिठा पलहरुलाई नै समेटेर ‘वन्ली चोकोफन’को टेलिभिजन विज्ञापनमा देखाइएको छ, जुन बालबालिकाका हरेक रमाइला पललाई चोकोफनको मिठासले पूर्ण तुल्याउँदछ ।

प्रतिक्रिया दिनुहोस्