Logo

जलजला गाउँपालिकाको वित्तीय प्रगति ९३%

पर्वत- जलजला गाउँपालिका पर्वतले आर्थिक वर्ष ०७५÷७६ मा ९३ प्रतिशत वित्तीय प्रगति गरेको छ ।
कुल ३८ करोड ४० लाख बजेटमा ३५ करोड ८२ लाख २६ हजार ३३६ रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । गाउँपालिकाले चालूतर्फ ४ करोड ७० लाख रुपैयाँमा ३ करोड ९६ लाख ६४ हजार ६०१ रुपैयाँ खर्च गरेका छन् । पुँजीतर्फ १३ करोड ६८ लाख रुपैयाँमा ११ करोड ९३ लाख ६२ हजार २६७ रुपैयाँ खर्च भएको थियो भने सशर्त १६ करोड ६६ लाख ४६ हजार रुपैयाँमा १५ करोड ६१ लाख ८२ हजार १११ रुपैयाँ खर्च हँुदै फिर्ता १ करोड ४ लाख ६३ हजार ८८८ रुपैयाँ भएको थियो । त्यस्तै सामाजिक सुरक्षामा ५ करोड १३ लाख १५ हजारमा ४ करोड ३० लाख ५४ हजार ४ सय रुपैयाँ खर्च भएको छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत ९० लाखमा ८९ लाख ८५ हजार २०० रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २८ लाख १२ हजारमा २२ लाख ९५ हजार ३५८ रुपैयाँ बजेट खर्च भएको थियो र गरिबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत ३ लाख ९४ हजारमा ३ लाख ७९ हजार खर्च भएको छ । गाउँपालिकाले सडक, कृषि, पशुपालनलाई व्यावसायीकरण, पर्यटन, खानेपानी, सिँचाइ प्रवद्र्धन, सञ्चारको पहुँच विस्तारमा प्राथमिकता दिएर बजेट खर्च गरेको थियो ।
त्यस्तै विभाज्य कोषमा हुने बाँडफाँडबाहेक गत आर्थिक वर्षमा ८२ करोड ८३ लाख २ सय ६१ रुपैयाँ राजस्व संकलन गरेको छ भने ठेक्का निकासीबाट करिब ६५ लाख राजस्व संकलन गरेका थियो । विगत योजनालाई स्तरोन्नति र पूर्णतामा प्राथमिकता दिँदै आर्थिक वर्ष ०७६÷७७ को बजेट विनियोजन गरेको अधिकृत शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्