यामाहाको चाडपर्व लक्षित अफर

काठमाडौं– चाडपर्व नजिकिँदै गर्दा नेपालको यामाहा मोटरसाइकल र स्कुटरको वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ सेलिब्रेसन विथ् रोडिज पावर अफ फाइभ’ योजना सार्वजनिक गरेको छ ।
कम्पनीले दसैं, तिहार तथा छठ पर्वलाई अविस्मरणीय बनाउन कम्पनीले आफ्ना कुनैपनि स्कुटर खरिद गर्दा छ हजारदेखि एक लाखसम्मको र बाइक खरिद गर्दा आठ हजारदेखि एक लाखसम्मको स्युर–सट क्यासब्याक उपहार योजना ल्याएको जनाएको छ ।
यो अफर यामाहाका सबै बाइक र स्कुटरमा लागू हुने र देशमा रहेका यामाहाका सबै अधिकृत शोरुममा उपलब्ध बताइएको छ । यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ योजनाले नेपालभर चाडपर्वको उत्साहलाई अझै हर्षमय बनाउने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।