दाङ उवासंघमा ४० जनाको उम्मेदवारी «

दाङ उवासंघमा ४० जनाको उम्मेदवारी

दाङ– दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज १३ मा हुने निर्वाचनका लागि २० पदमा ४० जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका संयोजक निर्मल गौतमका अनुसार सहमति हुन नसकेपछि निर्वाचन कार्य तालिका अनुसार शनिबार दुई वटा समूहको आ–आफ्नो टिमसहित उम्मेदवारी दर्ता गराएका हुन् ।

उनका अनुसार अध्यक्ष पदमा वसन्त जोसी र रामप्रसाद पोख्रेलको उम्मेदवारी परेको छ । जोसी यसअघि संघको उद्योग उपाध्यक्ष हुन् । पोख्रेल भने वर्तमान कार्य समितिको वाणिज्य उपाध्यक्ष हुन् । जोसीको समुहबाट वरिष्ठ उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा भरतप्रसाद रेग्मी, वाणिज्य उपाध्यक्षमा लिलाराम खड्का, महासचिवमा महेन्द्र बुढाथोकी, सचिवमा विकास वली, कोषाध्यक्षमा जगतप्रसाद आचार्य र सह कोषाध्यक्षमा माधव खनालको उम्मेदवारी परेको छ ।

उद्योग सदस्यमा विक्रम राना, महिला सदस्यमा लिला नेपाली, वस्तुगत सदस्यमा विष्णुप्रसाद रिजाल, एशोसियट सदस्यमा युवराज पोख्रेल रहेका छन् । खुला सदस्यमा रुद्रबहादुर जैसी, दिपक पण्डित, निमबहादुर बुढाथोकी, युवराज पन्त, रामप्रसाद पोख्रेल, पुष्करराज न्यौपाने नोर्वु तामाङ, र सुरज बुढाथोकीले उम्मेदवारी दिएका छन् । पोख्रेलको टिमबाट वरिष्ठ उपाध्यक्षमा दिपेन्द्रपुन मगर, उद्योग उपाध्यक्षमा ध्रुबकुमार गहतराज, वाणिज्य उपाध्यक्षमा राजभक्त राना, महासचिवमा शालिकराम खनाल, सचिवमा भिमसेन डिसी, कोषाध्यक्षमा प्रेमबहादुर पुन, सह कोषाध्यक्षमा यादवबहादुर श्रेष्ठको उम्मेदवारी परेको छ ।

उद्योग सदस्यमा सन्तोष नेपाली, महिला सदस्यमा देवकला वस्नेत, वस्तुगत सदस्यमा ओमप्रकास पोख्रेल, एशोसियट सदस्यमा गणेशप्रसाद दाहालको उम्मेदवारी परेको छ । खुला सदस्यमा रणविक्रम चन्द्र, राजकुमार गुप्ता, शुसिल आचार्य, कृष्णबहादुर कुवर, अर्जुन पन्थी, रेवन्तकुमार श्रेष्ठ, सन्जय विश्वकर्मा, शेरबहादुर पुनको उम्मेदवारी परेको छ । उद्योग वाणिज्य संघको तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको हो । संघमा ३ हजार ३ सय ५८ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्