सांग्रिला डेभलपमेन्ट बैंक हिमाल डेन्टलबीच सम्झौता

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच छुट दिनेबारे सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलका निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक र कर्मचारीलाई विभिन्न किसिमका ओपीडी, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धीत सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ । यसबाट बैंकका कर्मचारी तथा ग्राहकले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास लिएको बैंकले जनाएको छ ।