जीएसएमए र एनसेलद्वारा ‘स्टार्ट अपकोलाबोरेसन वर्कसप’ आयोजना «

जीएसएमए र एनसेलद्वारा ‘स्टार्ट अपकोलाबोरेसन वर्कसप’ आयोजना

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरूको छाता संगठन जीएसएमए (जीएसएमए एसोसिएसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्टअपहरूका लागि एक दिने ‘स्टार्ट अपकोलाबोरेसन वर्कसप’ को आयोजना गरेको छ । नेपालमा स्टार्टअप कम्पनीहरू र मोबाइल सेवा प्रदायक कम्पनीहरूका बीचमा सहकार्य सुदृढ गर्नु यो कार्यशालाको उद्देश्य थियो ।
जीएसएमए विश्वभर सञ्चालनमा रहेका ७ सय ५० भन्दा बढी सेवा प्रदायकहरू र मोबाइल एकोसिस्टमका झन्डै ४ सय कम्पनीको साझा संगठन हो । यो कार्यशाला स्टार्टअपहरूले कसरी मोबाइल सेवा प्रदायकहरूसँग साझेदारी गर्न सक्छन् । त्यसका लागि आवश्यक उपकरण तथा तयारी के–कस्तो हुनुपर्छ भन्नेमा केन्द्रित थियो ।
यसमा ३० वटा स्टार्टअपका ५० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो । स्टार्ट अपहरूले नयाँप्रविधि, अहिलेको ट्रेन्डस् र कसरी विभिन्न स्टार्टअपहरूले अफ्रिका तथा एसिया प्यासेफिकमा टेलिकम कम्पनी, स्टार्टअप र ग्राहकका लागि फाइदा हुने गरी मोबाइल सेवा प्रदायकसँग साझेदारी गराएका छन् भनेर जानकारी लिन पाएका थिए ।
“परिवर्तनशील दूरसञ्चार क्षेत्रमा टेलिकम कम्पनीहरूले अब मुख्य उत्प्रेरक बनेर दिगो व्यवसायका लागि संलग्न सबैको हितमा काम गर्न आवश्यक छ । टेलिकम कम्पनीहरूका लागि धेरै सम्भावनाहरू छन् र एनसेल स्टार्ट अपहरूसँग साझेदारी गर्न आशावादी छ,” एनसेलका चिफ स्ट्राटिजी अफिसर इरविनएम युसुफले भने ।
कार्यशालामा जीएसएमएको इकोसिस्टम एसेलेरेटर कार्यक्रमका मार्केट इन्गेजमेन्ट डाइरेक्टर मार्टिन कारान्जाले प्रमुख वक्ताका रूपमा कसरी मोबाइल अपरेटर र स्टार्टअपबीचमा सहकार्य हुन्छ र कसरी नेपालमा पनि यस्तो मोबाइल अपरेटरहरूसँग सहकार्य गर्न सकिन्छ भनेका थिए ।
उनले जीएसएमएको मोबाइल फर डेभलपमेन्टका टिमहरूले आफ्ना ध्यान केन्द्रित गर्ने १० मुख्य पहलहरू क्लाइमेट टेक, असिस्टिभटेक, मोबाइल फर डेभलपमेन्ट युटिलिटिज, मोबाइल फर ह्युमेनिटेरियन इनोभेसन, कनेक्टेड सोसाइटी, कनेक्टेड ओमन, डिजिटल आइडेन्टिटी, इकोसिस्टम एसिलेरेटर र एग्रिटेकका बारेमा प्रकाश पारेका थिए । यी पहलहरूका लक्ष्य भनेको मोबाइल प्रविधिमार्फत विश्वमा असमानता घटाउनु हो । व्यवसायहरूले सामाजिक–आर्थिक विकासमा प्रभाव पर्ने गरी र आफ्नो व्यवसायको उद्देश्य पनि परिपूर्ति गर्ने गरी काम गर्नुपर्ने कुरामा मार्टिनले जोड दिए ।
कारखाना, आईसिटी फरएग्री, ई–सेवा, सोचवेयर, सारथी, फुडमारियो, खल्ती, हाम्रो बजार, लेट्ज गो, अभ्यास, सप्लाई बक्स, उपायलगायत स्टार्ट अपहरूले यस कार्यशालामा सहभागिता थियो ।
टेलिकम कम्पनी र स्टार्टअपहरूबीच सहकार्य आवश्यक रहेको बताउँदै सारथिका सह–संस्थापक रवि सिंघलले भने, हाम्रो स्टार्टअप पूर्णरूपमा मोबाइल प्लेटफर्ममा आधारित भएकाले यो कार्यशालाले एनसेलसँग सम्भावित सहकार्यका लागि नयाँबाटो खोलेको छ । सारथीले अनलाइनबाटै आवत–जावतका लागि ट्याक्सी सुविधा, बुकिङ, लिजिङ र कार भाडामा उपलब्ध गराउने काम गर्छ ।
“हामी टेलिकम सेवा प्रदायकहरूसँग मिलेर कसरी दुवै कम्पनीहरू, ट्याक्सी ड्राइभर र ग्राहकलाई लाभदिन सकिन्छ भनेर काम गर्न खोजिरहेका छौं । स्टार्टअपहरूलाई प्रोत्साहन गर्न यस किसिमको कार्यशाला आयोजना गरिएकोमा हामी निकै खुसी छांै,” सिंघलले भने ।
जीएसएमए इकोसिस्टम एसेलेरेटर प्रोग्रामले अफ्रिका र एसिया प्यासेफिकका मोबाइल सेवा प्रदायक र स्टार्टअपसँगको सहकार्यलाई अझै प्रगाढ बनाउन मद्दत पुग्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्