भेनेजुएली आप्रवासीलाई ब्राजिलले रोजगारी दिने «

भेनेजुएली आप्रवासीलाई ब्राजिलले रोजगारी दिने

ब्राजिलका न्यायमन्त्री टोरक्वाटो जार्डिमले भेनेजुएलाबाट ब्राजिलमा आएकाहरूलाई रोजगारी दिने घोषणा गरेका छन् । उनले ब्राजिलको उत्तरी क्षेत्रबाट सीमा पार गरेर आउनेहरूलाई लक्षित गरेर रोजगारीको घोषणा गरिएको बताएका हुन् ।
भेनेजुएलासँगको सिमानामा पर्ने रोराइमा राज्यको राजधानी बोआको भ्रमणका क्रममा मन्त्री जार्डिमले यस्तो घोषणा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गत केही महिनाअघि प्राप्त तथ्यांकअनुसार आफ्नो देश भेनेजुएलामा रोजगारी नपाएको र गरिबी भएकाले ब्राजिलमा भेनेजुएली आप्रवासीहरू धेरै छन् ।
भेनेजुएलाका झन्डै ४० हजार नागरिक ब्राजिलको विभिन्न सहरमा बस्ने गरेका विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्