हावाहुरीले मकैबालीमा क्षति «

हावाहुरीले मकैबालीमा क्षति

दैलेख- आइतबार साँझ अविरल वर्षासंगै आएको हावाहुरीले दैलेखको नौमूले गाउँपवालिकाका विभिन्न स्थानमा किसानले लगाएका मकैबालीमा क्षति पुगेको छ । नौमूले गाउँपालिकाका अधिकांश वडामा वर्षासँगै आएको हावाहुरीले मकैबालीमा ठूलो क्षति पु-याएको हो ।
नौमूले गाउँपालिको वडा नं ५,६ र ७ का अधिकांश स्थानमा किसानले लगाएको मकैबाली नष्ट भएको स्थानीय लालबहादुर चन्दले जानकारी दिए । वडा नं ६ सल्लेरीको नाउली, अटा लगाएतका स्थानमा ठुलो मात्रमा मकैवालीमा क्षति पु-याएको चन्दले वताए । सल्लेरीलगायतका अन्य वडामा गरी ५ सय भन्दा बढी परिवारले लगाएको मकैबाली समेत हावाहरीले ढलाएर नष्ट गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
सल्लेरी पैती आटा माथिल्लो नाउली लगायतका स्थानमा बर्षासंगै आएको हावाहरी मकै ढलाएको चन्द वताउँछन् । मकैमा बाला लाग्ने समय हुँदा हावाहुरीले नष्ट गरेपछि किसान चिन्तीत बनेका छन् । पूर्वक्षेत्रबाट आएको हवाहुरीले विभिन्न ठाउँको गरि त्यस क्षेत्रमा ६० प्रतिशत मकैवालीलाई क्षति पु¥याएको अनुमान गरिएको छ । अधिकांश स्थानमा फूल खेल्ने अवस्थामा रहेको मकै सोत्र्याम्म भएपछि किसान निराश वनेका छन् । बारीको सारा मकै काम नलाग्ने भयो ठूलो क्षति भएपछि त्यस भेगका किसन चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्