वनमन्त्रीकै जिल्लामा निगालो र वन्यजन्तु समस्यामा «

वनमन्त्रीकै जिल्लामा निगालो र वन्यजन्तु समस्यामा

जाजरकोट- जथाभावी वन फडानी र आगो लगाउँदा निगालो मासिएको छ । १० वर्षअघि जाजरकोटका अधिकांश उच्च पहाडमा जताततै पाउन सकिने निगालो अहिले पाउनै मुस्किल भएको छ ।
बढ्दो वन विनास र जथाभावी आगो लगाउदा निगालो मासिएको स्थानीयवासी बताउँछन् । निगालो मासिएसँगै निगालोको चोया बाट निर्माण हुँने डोको, अन्य सामग्रीहरू निर्माण गर्न समस्य भएको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले बताए । उनले भने, “निगालोको चोयाबाट निर्माण हुने विभिन्न सामग्री साथै खरको छानोबाट बनाएको घरलाई छाउन प्रयोग गरिने निगालोसमेत नपाउँदा हैरान भएको छ ।”
निम्नवर्गका स्थानीयवासीहरू डोको, नाङ्लोलगायतका वस्तुहरू निगालोको चोयाबाट निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका थिए । अहिले निगालो लोप भएसँगै पेशा नै हराउन थालेको उनीहरूको भनाइ छ । खरबाट वनेका घर छाउन निगालो नपाउँदा अन्य बिरुवाको काठ प्रयोग गर्न थालिएको छ ।
जिल्लाका बारेकोट, नलगाड, कुशे र जुनिचाँदे गाउँपालिकामा बढी निगालोको प्रयोग हुँदै आएको छ । निगालोको तामा (टुसा) जथाभावी तरकारी खाँदा निकालो मासिनुको अर्को कारण भएको डिभिजन वन कार्यालयले जनाएको छ । वर्षायाममा पशुचौपाय माथेल्लो क्षेत्रमा लिएर सोही निगालोलाइ घाँसको रूपमा बढी प्रयोग गर्दा निगालो मासिनु अर्को कारण बनेको छ ।
संरक्षणतर्फ कसैले ध्यान नदिने तर सधै प्रयोग मात्र गर्दा निगालो लोप भएको हो । १० वर्षअघि निगालोको जगलमा हिड्न नसकिने ठाउँमा अहिले निगालोको वोट नै नपाउने अवस्था सिर्जना भएको सामुदायिक वनले बताएका छन् । निगालोको चोयबाट निर्माण भएका सामग्री प्रयोग गर्दा मानव स्वास्थ्यलाई कुनै पनि असर नगर्ने भएकाले यसको प्रयोग दर बढेको भएपनि अहिले निगालो नै लोप भएपनि कच्चा पदार्थको अभावले निर्माण दर घटेको छ । निगालोकै जगलमा रेडपाण्डा लगाएतका जनावारहरू वस्ने भएपनि निगालो मासिँदा यी जनावारसमेत सुरक्षित वासस्थानको अभावमा लोप हुँदै गएका छन् ।
नलगाड नगरपालिका बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा विश्वमै लोपाउन्मुख रडपाण्ड वास स्थान समेत अभाव हुँन थालेको डिभिजन वन कार्यालयका प्रमुख महेश कुमाईले बताए । उनले भने, “रेडपाण्डा विभाग क्षेत्रमा छिटै संरक्षित क्षेत्र घोषणा कार्यक्रम सुरु हुँन लागेकोले , सामुदायिक वनको विधान परिमार्जन गरी निगालो संरक्षणको अभियान सुरु हुन लागेको छ ।” जाजरकोटमा विश्वमै दुलर्भ रेडपाण्डाको गणना गरिएको छ । पहिलो पटक रेडपाण्डा हाव्रेको गणना गर्दा जाजरकोटमा करीब ५० ओटा रेडपाण्डा भएको अनुमान गरिएको छ । रेडपाण्डा संरक्षण नेटवर्क अनुसन्धानकर्ता बद्री बरालको टोलीले यस्तो तथ्य फेला पारेको हो ।
वन तथा वातावरण मन्त्रालयले जाजरकोटका तीन वटा स्थानीय तहका सामुदायिक वनलाई संरक्षित क्षेत्र घोषणा गरेर यहाँको जल, जमिन, जंगल, जडीबुटी र वन्यजन्तु संरक्षणका लागि अभियानमा लागेको वन तथा वातावरण मन्त्री शक्तिबहादुर वस्नेतले बताए ।
यहाँका तीन स्थानीय तहलगायत डोल्पाको मुड्केचुला र जुम्लाको स्थानीय तहका केही ठाउँमा संरक्षित क्षेत्र घोषणा गर्नका लागि पहिलो चरणको विज्ञ सहितको टोलीले अध्ययन गरीसकेको मन्त्री वस्नेतले बताए । रेडपाण्डा, कालिजलगायतका संरक्षित वन्य जन्तु संरक्षणका लागि निगालो जोगाउनु पहिलो दायित्व भएको उनको भनाइ छ ।
निगालो जोगाउनका लागि हिमाली क्षेत्रमा जथाभावी रूपमा पशुचौपायलाई लिएर गोठाला जाने कार्यलाई व्यवस्थित गरिने संरक्षित क्षेत्रको कार्ययोजनामा रहेको छ । निगालोको लागि जाजरकोट सवै भन्दा उतकृष्ट क्षेत्र पहिले भए पनि अहिले कमजोर हुँदै गएको स्थानीयवासीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्