जावलाखेलमा फुटसल प्रतियोगिता «

जावलाखेलमा फुटसल प्रतियोगिता

खेलकुदका माध्यमबाट आपसीभाइचारा, सहअस्तित्व र मित्रता अभिवृद्घि गर्ने उद्देश्यका साथ ललितपुरको जावलाखेलमा अवस्थित डीएभी एनइबी (प्लस २) कलेज ले अन्तर कलेज (प्लस २), सिक्स ए साइड दोस्रो फुटसल प्रतियोगिता आयोजना गर्न गइरहेको जनाएको छ ।
कलेजका एकेडेमिक डाइरेक्टर सुमन बस्नेतका अनुसार गत वर्षको पुरस्कार राशिमा वृद्घि गरी विजेता टिमलाई १ लाख ५० हजार रुपैयाँ तथा ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिने भन्दै कम्पनीले भदौ १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा पहिला दर्ता हुन आउने ३२ टिमलाई मात्र सहभागी गराइने जानकारी गराएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्