Logo

कामना बैंकको सहयोग

काठमाडौं– कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत श्रीकृष्ण जन्माष्टमीको अवसरमा मोरङको उर्लाबारी स्थित राधा कृष्ण मन्दिर र विराटनगर कृष्ण जन्माष्टमी रथ यात्रामा आउने भक्तजनलाई पिउने पानी तथा जुस वितरण गरेको छ ।

सो दिन दुवै स्थानमा हजारौ भक्तजनले गवान श्रीकृष्णको दर्शन गर्ने गर्दछन् । गर्मी मौसममा लामो समयसम्म लाइनमा बस्नु पर्दाको असुविधालाई मध्यनजर गर्दै बैंकका उर्लाबारी र विराटनगर शाखाले पानी तथा जुस वितरण कार्यक्रम गरेका हुन् । यस्तै बैंकले पोखरा महानरपालिका–८ रत्नचोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरलाई रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ ।

उक्त रेफ्रिजेरेटरले मन्दिरको भान्सा व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ प्रदान गरेको हो । बैंकको सञ्चालक बलराम बरालले श्रीकृष्ण प्रणामी मन्दिर समिति नेपालका अध्यक्ष पुरुषोत्तम रेग्मीलाई उक्त रेफ्रिजेरेटर हस्तान्तरण गरेका थिए । बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रम गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्