Logo

एभिसी सेन्ट्रल जोन भलिबलमा नेपाल किर्गिस्तानसँग पराजित

एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाली राष्ट्रिय भलिबल टोली पराजित भएको छ । सोमबार भएको उद्घाटन खेलमा नेपाल किर्गिस्तानसँग सोझो सेटमा पराजित भएको हो ।
किर्गिस्तान नेपालविरुद्ध जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको खेलको पहिलो सेटमा २५–२२ को जित निकालेको किर्गिस्तान दोस्रो सेटमा २५–२२ र तेस्रो सेटमा २५–२२ को जित निकाल्न सफल भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्