रिलायन्स लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स र जनता बैैंक नेपालबीच बैंकले बिमकको बिमा अभिकर्ताका रूपमा आफ्ना ग्राहकहरुलाई रिलायन्सद्वारा जारी गरिएका बिमा लेखहरु बिक्री वितरण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौतामा रिलायन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठले हस्ताक्षर गरे । रिलायन्स लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित संस्था हो । जसको कुल पुँजी २ अर्ब १० करोड र चुक्ता पुँजी १ अर्ब ४७ करोड छ । सोमध्ये बाँकी रहेको ६३ करोडको साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिने पनि कम्पनीले जनाएको छ ।