Logo

सडक सुधार तत्काल गर्न निर्देशन

काठमाडौं– सरोकारवाल निकायले समयमा मर्मत नगर्दा सडकको सुधार गर्न नसकिएको भन्दैं भौतिक पूर्वाधार मन्त्रालयले उपत्यका समन्वय समितिमा छलफल गरी तत्काल कार्य गर्न निर्देशन दिएको छ । उपत्यकाको सडक सुधारको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकसँग सम्बन्धित ९ निकायसँग छलफल गरेको हो ।

उपत्यका समन्वय समितिले मन्त्रालयमा छलफल गरेर जथाभावि सडक नखन्न र आश्यकताको आधारमा खनिएको हो भने तत्काल पूर्ववत अवस्थामा फिर्ता ल्याउनको लागि सरोकारवालाको ध्यानकर्षण गराएको हो । सरोकारवाला निकायको छलफलमा काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले छलफल गरेका छन् । ढल, पानी, विद्युत, टेलिफोनलाई सडकमा अन्डरग्राउन्ड सडककमा क्षति पुगेको भन्दैं मन्त्रालयले सबै सरोकारवाला निकायसँग छलफल गरेको हो ।

सडकमा कुनै पनि पूर्वाधारका काम गर्दा तत्काल गर्नुपर्ने, सकेसम्म सडकलाई कम क्षति पु¥याएर काम गर्नु पर्ने र काम समयमा पूरागरि पुर्ववत अवस्थामा फिर्ता गर्नको लागि मन्त्रालयले सरोकारवाला निकायको ध्यानकर्षण गराएको थियो । छलफलमा मन्त्री ज्वालाले सडकमा क्षति अन्य निकायले गर्ने गालि सडक विभागले खाने र सडक भत्काउने, नागरिकले दुख पाउँने अवस्थाको अन्त्य गर्न लागेको बताए । उनले भने,‘राज्यका निकायबीच गतिलो समन्वय नहुँदा सडक दुरा अवस्थामा पुगेको छ ।’

मन्त्रालयले समय सीमा राखेर नै क्षति पुगेका सडकको सुधार गर्न भनेको छ । पछिल्लो समयमा पुटपाथ नै छेक्ने गरेर राखिएको केवल तथा अन्य बक्स हटाउने सकेत मन्त्रालयले अग्रह गरेको छ । मन्त्रालयमा भएको छलफलमा काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिइएको थियो । ‘समन्वयको अभावमा सडकमा क्षति हुने गरेको छ । क्षति पु¥याएको सडकलाई पूर्ववत अवस्थामा फिर्ता गर्न मन्त्रालयले ध्याकर्षण गराउदैं आएको तर सुधार हुन नसकेको मन्त्रालयका सचिव केशब शर्माले बताए ।

उनले भने,‘सडक विभागले सडक कालोपत्रे गर्छ, केही दिनमै त्यही सडकमा नेपाल विद्युत प्राधिकरणले खन्छ । फेरी कालोपत्रे गरिन्छ । लगतै नेपाल टेलिकमले खन्छ । फेरी कालोपत्रे गरिन्छ । लगतै काठमाडौं उपत्यका खानेपानी लिमिटेड, ढल महाशाखालगायतले खन्छ, यसरी सडकको क्षयीकरण जारी छ ।’

विभागले सडकलाई कालो पत्रे गरेर सुधार गरेपनि कुनै न कुनै निकायले विभिन्न प्रयोजनमा क्षति गरेको मन्त्रालयले भनेको छ । १५ दिनमा पूरा गर्नु पर्ने काम विभिन्न निकायले ६ महिनासम्म नगर्दा ट्राफिक व्यवस्थापनदेखि जनमानसको जीवनयापनमा समेत प्रभाव पर्न गै स्वास्थ्यमा समेत प्रतिकुल असर पर्न गएको प्रति विभिन्न निकायको ध्यानाकर्षण गराएको थियो ।

छलफलमा सडकसँग सम्बन्धित ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमिल्सेना, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका रमेश केसी, ढल महाशाखाका डोलप्रसाद चापागाइ, नेपाल टेलिकमका प्रतिनिधिको सहभागिता थियो । सहभागीले तार र पाइपहरु अन्डर ग्राउण्डेट गरिसकेका ठाउँमा तत्काल सडक सुधार गर्ने प्रतिबद्धता जनाइएका थिए ।

बैठकमा प्राधिकरणका महानिर्देशक घिसिङले काम सम्पन्न भएका ठाउँमा तत्काल सडक सुधार गर्ने प्रतिबद्धता जनाए । प्राधिकरणले अन्डरग्राउन्ड भएको सडकको सुधार गर्न ताकेता गरेको भएपनि समयसमी पूरा भएको ६ महिनासम्म पनि सडक सुधार नगर्ने अभ्यासलाई तत्काल सुधार गर्न मन्त्रालय निर्देशन दिएको छ । काठमाडौं उपत्यकाभित्र विद्युत प्राधिकरणले ५० किलोमिटर सडकमा तार अन्डरग्राउण्डेट गरिरहेको छ । ३२ वटा सडकको ५० किलोमिटरमा काम थालेपनि केही स्थानमा मात्र सम्पन्न भएको छ भने सम्पन्न भएका ठाउँमा पनि सडक सुधार नभएको मन्त्रालयले भनेको छ ।

प्राधिरणले थप ३३ सडकको ७७ किलोमिटर सडक खन्न अनुमति मागेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १९ सडकको १७ किलोमिटरमा काम गरिरहेको छ । खानेपानी लिमिटेडले पाइप विछ्याएपछि सडक सुधार गरेको छैन । नेपाल टेलिकमले पनि केही सडकहरुमा टेलिफोनको तार विछ्याउने काम गरिरहेको छ । सडकसँग सम्बन्धित ९ निकाय गम्भीर नहुँदा नागरिकले सास्ती पाएका कारण सडकमा भन्दा फुटपाथको प्रयोग गरेर पूर्वाधारका काम गर्नको लागि मन्त्रालयले सरोकारवाला निकायको ध्यानकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्