सिभिल बैंकमार्फत भारतबाट नेपालमा रकम पठाउन सजिलो «

सिभिल बैंकमार्फत भारतबाट नेपालमा रकम पठाउन सजिलो

 सिभिल बैंक र भारतको एक्सिस बैंकबीच रकम आदान प्रदान गर्ने सम्बन्धमा दुई पक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित शाक्य र एक्सिस बैंकका फाइनान्सिएल इन्स्टिच्युसन्स ग्रुपका सिनियर भाइस प्रेसिडेन्टएल. श्रीरमनबीच हस्ताक्षर भएको हो । सो सम्झौतापछि मुख्यतया भारतमा कार्यरत तथा त्यहाँ बसोबास गर्दै आएका नेपालीहरू लाभान्वित हुने पनि बैंकले जनाएको छ । भारतको प्रतिष्ठित निजी क्षेत्रको अग्रणी बैंक एक्सिस बैंक लिमिटेडले भारतभर रहेका दुई हजार शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ, अब यी शाखाहरूमार्पmत सिभिल बैंकका ५६ शाखाहरूमा सहजै रकम पठाउन सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्