Logo

ओलीको नेतृत्वमा सेजनको नयाँ कार्य समिति चयन

काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा सुजन ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सेजनको शनिबार भएको २५औं वार्षिक साधारण सभाले आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा निर्वाचित ओली अनलाइन पत्रकारितामा संलग्न छन् ।

कार्य समितिको उपाध्यक्षमा विनय बञ्जरा, सचिवमा सोभित थपलिया र कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित भएका छन् । महासचिवमा विश्वास रेग्मी निर्विरोध चयन भएका थिए । यस्तै सेजनको सदस्यहरुमा केशु लामिछाने, हेमन्त जोशी, ममता थापा, बसन्तराज उप्रेति र छबी सापकोटा विजयी भएका छन् । २०५४ सालमा स्थापना भएको सेजन आर्थिक पत्रकारहरुको छाता संगठन हो ।

प्रतिक्रिया दिनुहोस्