एनआईसी एसिया बैंकको एकैसाथ ९ शाखा «

एनआईसी एसिया बैंकको एकैसाथ ९ शाखा

लुम्बिनी अञ्चलमा एनआईसी एसिया बैंकले ९ नयाँ शाखा कार्यालय एकै साथ सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत नवलपरासी जिल्लाको ४ स्थान गैंडाकोट नपा–१५ अमरापुरीस्थित अमरापुरी शाखा, प्रतापपुर नपा–२ गोपीगन्जस्थित गोपीगन्ज शाखा, बिनयी त्रिवेणी गापा–१ दुम्कीबासस्थित दुम्कीबास शाखा र मध्यबिन्दु नपा–१० अरुणखोलास्थित अरुणखोला शाखा साथै, रुपन्देही जिल्लाको ३ स्थानहरू देवदह नपा–१२ शंकरपुरस्थित शंकरपुर शाखा, सैनामैना नपा–३ मुर्गियास्थित मुर्गिया शाखा र तिलोत्तमा नपा–८ मणिग्राम ४ नम्बरस्थित मणिग्राम ४ नम्बर शाखा र कपिलवस्तु जिल्लाको २ स्थानहरू बाणगंगा नगरपालिका–१, ४ नम्बर जितपुरस्थित ४ नम्बर जितपुर शाखा र बुद्धभुमी नपा–९, इमिलियास्थित इमिलिया शाखा आइतबार भव्य समारोहकाबीच उद्घाटन भएका छन् । प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालका अनुसार शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरूको आधारमा एनआईसी एसिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरूमध्ये एक हो ।

 

 

प्रतिक्रिया दिनुहोस्