स्वरोजगार बन्नेको संख्या बढ्दै «

स्वरोजगार बन्नेको संख्या बढ्दै

४ सय ९१ वटा उद्योगमा ६ महिनाको अवधीमा ६१ करोड ६० लाख ८२ हजार ७ सय ३८ रुपैयाँ लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।४ सय ९१ वटा उद्योगमा ६ महिनाको अवधीमा ६१ करोड ६० लाख ८२ हजार ७ सय ३८ रुपैयाँ लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
स्वरोजगार बन्नेको संख्या बढ्दैअमरराज आचार्य दाङ, २८ माघ स्वरोजगार बन्नेको संख्या बढोत्तरी हुँदै जाँदा दाङमा उद्योगको संख्या पनि वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०७४÷७५ को ६ महिनाको अवधीमा उद्योग क्षेत्रमा ६१ करोड रुपैयाँभन्दा बढी लगानी भएको छ । ४ सय ९१ वटा उद्योगमा ६ महिनाको अवधीमा ६१ करोड ६० लाख ८२ हजार ७ सय ३८ रुपैयाँ लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत उमबहादुर वलीले बताए । जसमा ८८ वटा उत्पादनजन्य उद्योग छन् । ती उद्योगमा १४ करोड ६४ लाख ३० हजार ४ सय ५० रुपैयाँ लगानी भएको छ । यसैगरी सेवामूलक उद्योग ९३ वटा दर्ता भएका छन् भने २४ करोड ७२ लाख ७५ हजार ६ सय ८८ रुपैयाँ लगानी भएको छ ।कृषि, वन्यजन्य उद्योगमा २ सय २६ वटा दर्ता भएका छन् । जसमा १८ करोड ४५ लाख ९ हजार १ सय रुपैयाँ लगानी भएको छ । पर्यटनतर्फ ८४ उद्योग दर्ता भएकोमा ३ करोड ७८ हजार ६७ हजार ५ सय रुपैयाँ लगानी भएको छ । कार्यालयका उद्योग अधिकृत वलीका अनुसार कार्यालयमा दर्ता हुने उत्पादनमूलक उद्योगहरुमध्ये फर्निचर स्टिल उद्योग २३ वटा, ग्रिस उद्योग २४ वटा, खाद्य उद्योग २ वटा, सुनचाँदी उद्योग ७ वटा, सावुन उद्योग २ वटा, चाउमिन सस एउटा, जुत्ता चप्पल १, झोला उद्योग १ वटा, मसला उद्योग ३ वटा, डेरी उद्योग ४ वटा, प्रशोधित पानी उद्योग १ वटा, पम्प ÷विद्युत सामान निर्माण उद्योग २ वटा, कार्पी उद्योग १ वटा, तयारी पोशाक उद्योग ४ वटा रहेका छन् । त्यसैगरी जुस उद्योग एउटा, मासु प्रशोधन उद्योग एउटा, इँटा उद्योग २, अगरवती उद्योग एउटा, तारजाली एउटा, मिल ४ वटा, सिमेन्टजन्य २ वटा उद्योग दर्ता भएका छन् । सेवामूलक उद्योगतर्फ बालुवा प्रशोधन ४ वटा, दुवानी सेवा १५ वटा, कपडा सिलाइ १२ वटा, प्रशिक्षण केन्द्र २ वटा, मिल ९ वटा, मर्मत (गाडी इलेक्ट्रिक) १६ वटा, निर्माणसम्बन्धी ११ वटा, ब्यूटिपार्लर २ वटा, जनशक्ति उत्पादन एउटा, संगीत सिकाउने एउटा, छापाखाना÷प्रेस ४ वटा उद्योग छन् । त्यसैगरी इन्जिनियरिङ कन्सल्टेन्सी ३ वटा, सफ्टवेयर एउटा वटा, प्रेस हाउस २ वटा, फोटो÷भिडियो ३ वटा, टेन्ट हाउस २ वटा, सित गृह २ वटा, ड्राइभिङ सेन्टर २ वटा छन् । कृषि तथा वन्यजन्य उद्योगतर्फ पोल्ट्रि फर्म १ सय २१ वटा, गाई तथा भैंसीपालन २३ वटा, बाख्रापालन १७ वटा, माछापालन १० वटा, मौरीपालन १३ वटा, बंगुर फर्म ४ वटा, बहुउद्देश्य कृषि ३६ वटा, खरायो फर्म २ वटा उद्योग स्थापना भएका छन् । त्यसैगरी पर्यटन उद्योगअन्तर्गत होटल तथा रेष्टुरेन्टतर्फ ८४ वटा उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका छन् । यसरी दर्ता भएका उद्योगमा १०४ जना महिला र १ हजार ५ सय ३० जनाले रोजगारी पाएका छन् । त्यसैगरी ९२ जना महिला र ४ सय ७१ जना पुरुष उद्यमी बन्न सफल भएको घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गर्दा उद्योगहरुले उल्लेख गरेका छन् ।

अमरराज आचार्य 

प्रतिक्रिया दिनुहोस्