पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा चिनियाँ पर्यटक घाइते «

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा चिनियाँ पर्यटक घाइते

पोखरामा प्याराग्लाइडिङ दुर्घटना परी एक चिनियाँ पर्यटक घाइते भएकी छिन् । पोखरा प्याराग्लाइडिङ कम्पनीबाट बुधबार यात्रा गरेकी चिनियाँ नागरिक ६३ वर्षीया जेसानी युन्हा अवतरणको क्रममा घाइते हुन पुगेकी कास्की प्रहरीले जनाएको छ ।
घाइते युन्हाको मेट्रो सिटी हस्पिटलमा उपचार भएको थियो । पोखरा महानगरपालिका–६ खहरेस्थित प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने क्रममा उनी घाइते हुन पुगेकी हुन् । पोखरा प्याराग्लाइडिङ कम्पनीका सञ्चालक मध्यका एक मिनराज पौडेलले घाइते चिनियाँ पर्यटकको मेट्रो सिटिमा सामान्य उपचार पछि डिस्चार्ज भएको बताए । हस्पिटल स्रोतले भने खुट्टा भाचिएर अप्रेशन गर्नुपर्नेमा चिनिया नागरिक इमर्जेन्सि वार्डबाटै सामान्य उपचार गरेर गएको जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्