निजी विमान कम्पनीलाई अन्तर्राष्ट्रिय उडानका लागि अनुमति : पर्यटनमन्त्री भट्टराई «

निजी विमान कम्पनीलाई अन्तर्राष्ट्रिय उडानका लागि अनुमति : पर्यटनमन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलेभन्दा सुधार भइरहेको जानकारी दिए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई थप सुधार गर्दै लगिने बताए । चेम्बर अफ कमर्सले काठमाडौंमा बुधबार गरेको ‘नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका संभावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका’ नामक कार्यक्रममा उनले अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा भएका सबै सुविधा हुने बताए ।
मन्त्री भट्टराईले अध्यागमन छिट्टै स्मार्ट बनाउँदै स्मार्ट अध्यागमनमा अन्य अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा भएका सरह सबै सुविधा हुने दाबी गरे । उनले यही वर्षको डिसेम्बरसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउँदै समयमै विमानस्थल निर्माण सम्पन्न गर्न सरकारकोतर्फबाट कुनै पनि कमी हुन नदिएको बताए ।
मन्त्री भट्टराईले नेपालमा हवाई इन्धनको उच्चमूल्यका कारण टिकट महँगो भएको भन्ने चौतर्फी गुनासो आएको भन्दै यसको समाधानका लागि छलफल सुरु गर्ने बताए । युरोपियन युनियन (ईयु)ले नेपालका विमान कम्पनीलाई बन्देज लगाउनु परेको कारण केही नभएको भन्दै उनले प्रतिबन्ध हटाउन आग्रह गर्दै आएको बताए ।
हालै आईकाओले गरेको सेफ्टी अडिटमा नेपालका हवाई औसतभन्दा सम्बन्धित निकायलाई राम्रो देखाएको भन्दै ईयूले बन्देज हटाउनुपर्नेमा विशेष जोड दिए । पर्यटन वर्ष–२०२० लाई सफल पार्न नेपालका निजी विमान कम्पनीलाई अन्तर्राष्ट्रिय स्थलमा उडानका लागि अनुमति दिने क्रमजारी रहेको बताए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले युरोपियन युनियनले लगाएको बाधाले नेपालमा पर्यटनको असर परेको बताए । उनले मूल्यमा कार्टेलिङ हुँदाहवाई टिकट भाडा महँगो भई चिनियाँ पयर्टक उल्लेख्य संख्यामा आउन नसकेको भने ।
उनले सन् २०२० पर्यटन भ्रमण वर्ष सफलबनाउन सबै पर्यटकलाई भिसा शुल्क कम गर्न र पर्यटन आगमनको संख्या बढाएर त्यसबाट राजस्व वृद्धि हुने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड हेन्डलिङ, ल्यान्डिङ शुल्कमा निकै सुधार आवश्यक रहेको भन्दै अध्यक्ष श्रेष्ठले मन्त्रीको ध्यानाकर्षण गराए । उनले लुम्बिनी र पोखरा विमानस्थल निर्माण र समयमा सम्पन्न गर्ने भनाइ प्रतिहामी गौरवान्वित रहेको बताए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले ट्राभल एजेन्सीका लागि गाडी र गाडीमा प्रयोग हुने इन्धन नै कच्चापदार्थ भएकाले पर्यटन प्रबद्र्धन गर्न गाडी आयातको भन्सारदरमा छुट दिनुपर्ने बताए । कार्यक्रममा चेम्बरको लेटरहेडमा पर्यटन भ्रमण वर्ष–२०२० को लोगो राखेर सार्वजनिक पनि गरिएको थियो ।
सो अवसरमा नेपाल सरकारको उच्च पदस्थहरूलगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो । साथै चेम्बर अफ कमर्सका पदाधिकारी, पर्यटन समिति, वस्तुगत तथा आबद्ध संघका पदाधिकारीहरू तथा चेम्बरका सदस्यहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्