मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास हस्तान्तरण «

मन्त्री निवास हस्तान्तरणको चरणमा

मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास हस्तान्तरण

काठमाडौं– प्रदेश प्रमुख, मुख्यमन्त्रीको निवासको निर्माण पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास हस्तान्तरण गरेका छन् । आइतबार ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास सम्बन्धीत मुख्य मन्त्री र प्रदेश प्रमुखलाई हस्तान्तरण गरिएको हो ।

उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले पनि आफ्नो क्षेत्रमा सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्राथमिकताका साथ अघि बढाउने विश्वाससमेत व्यक्त गरेका छन् । शहरी विकासमन्त्री सीता गुरुङले पूर्वाधार निर्माणका सरकारी आयोजना ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु पनि भ्रष्टाचार भएको बताइन् । उनले समयमा निर्माण काम नहुँदा आर्थिक बोझ र समय दुवै खेर जाने भन्दै समय खेर जाने मुलुकमा शुन्य सहनशिलता र सुशासन राख्नको लागि समय खेर फाल्न नहुने उल्लेख गरिन् ।

ललितपुरको भैसेपाटीमा निर्माण भइरहेको भवनको काम पूरा भएको र फिनिसिङको काम बाँकी रहेको शहरी विकास तथा भवन निर्माण विभाग अन्र्तगतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना उपनिर्देशक दीपक श्रेष्ठले बताए । उनले भने, ‘आयोजनाको तीन चरणमा ठेक्का आह्वान भएको थियो । पहिलो मन्त्री निवास, दोश्रो प्रदेश प्रमुख र मुख्य मन्त्री र आन्तरिक सास सज्जाको ।’ करिब ९२ प्रतिशत आन्तरिक सासज्जाको काम पूरा भएको जनाएको छ ।

अर्काे भवन हस्तान्तरण भएको प्रदेश प्रमुख र मुख्यमन्त्रीको निवासमा भने केही आन्तरिक सजावत र फर्निचरका सामान संकलन गर्न बाँकी रहेको छ । भदौ २२ सम्म म्याद रहेको आन्तरिक सासज्जाको काम सो खण्डको सिभिल वर्कको काम पूरा भएको छ । हाल आन्तरिक सासज्जाको काम भइरहेको छ । हाल पुलचोकमा रहेको मन्त्री निवासलाई स्थान्नतरण गर्ने गरी तत्कालीन सरकारको निर्णय बमोजिम ललितपुरको भैंसेपाटीको आवास क्षेत्रमा मन्त्री निवास निर्माण गरिएको छ । मंसिरसम्म सो खण्डको सबै काम पूरा भएर स्थान्तरण हुने उपनिर्देशक श्रेष्ठले बताए ।

पहिलो चरणको मन्त्रिपरिषदको भवन पूरा हुने क्रममा छ । २०७६ कात्तिक २७ गते सुरु भएको मन्त्री निवासको काम २०७९ कात्तिकमा पूरा गर्नुपर्ने थियो । तर कोभिड–१९का कारण आगामी चैतसम्म म्याद थप गरिएको थियो । सिभिल वर्कको काम पूरा हुने भएपनि आन्तरिक सासज्जाको काम भइरहेको छ । दोश्रो चरणको निर्माणको क्रममा रहेको स्वीमिङ पुल, हेल्थ क्लव र सुरक्षाकर्मीको भवन भने निर्माण पूरा भएको आयोजना उपनिर्देशक श्रेष्ठले बताए ।

दोस्रो प्याकेजको भने आगामी २०८० सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कुल ९६ रोपनी १० आनामा निर्माण भइरहेको भवनमा २४ वटा निवाससहित राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र उपसभामुख गरी कुल २७ वटा मन्त्री निवास निर्माणाधिन अवस्थामा रहेको छ । आयोजनाले निर्धारित समयसीमाभित्रै भवन निर्माणको काम सम्पन्न हुने गरी काम अघि बढाएको श्रेष्ठले बताए । बाँकी कामलाई पनि समयसीमाभित्रै सम्पन्न गर्नेगरी काम अगाडि बढाइरहेको आयोजना निर्देशनालयले जनाएको छ ।

सैंबु आवास क्षेत्रमा निर्माणधिन मन्त्री निवास नेपालको मौलिक कला कौशल र संस्कृति झल्कने गरी निर्माण भइरहेको छ । मन्त्री निवास एक अर्ब ३ करोड रुपैयाँ (भ्याट सहित) निर्माण गरिरहेको छ । तीन तला रहेको प्रत्येक भवनहरु नेपाली परम्परागत शैलीमा निर्माण गरिएका छन् । सबै भवनमा डाँछी इट्टा र छानोमा मौलिकता झल्कने टायल लगाइएको छ । हरेक भवनमा मौलिकता झल्कने आँखी झ्याल राखिएको छ । श्रीको हनुमान जेभीले जिम्मेवारी पाएको निवासमा आधुनिक प्रविधिको प्रयोग गरेर निर्माण गरिएको छ ।

भवनभित्र सुरक्षा व्यवस्थालाई जोड दिएर आधुनिक पूर्वाधारसहित निर्माण गरिएको सबै भवन भूकम्प प्रतिरोधी रहेका छन् । कुल क्षेत्रफलमध्ये १२ रोपनी क्षेत्र भवनले ओगटने छ भने ३८ रोपनी ८ आना हरियालीकरणका लागि प्रयोग गरिने जनाइएको छ । २१ रोपनी क्षेत्र आवासभित्रको आन्तरिक सडकले ओगटने छ भने ११ रोपनीमा हेल्थ क्लब बन्नेछ । निवास परिसरभित्र एक सय सवारी साधन अटाउने पार्किङ स्थलसमेत निर्माण हुनेछ । पहिलो चरणमा २७ वटा भवन, कमाउण्ड, सडक ढल र भौतिक पूर्वाधार निर्माण गरि फिनिसिङको काम अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्