कोकाकोला क्यापमा कार अफर «

कोकाकोला क्यापमा कार अफर

 कोकाकोला नेपालले उपभोक्ताहरूलाई यस वर्षकै सबैभन्दा ठूलो प्रोमोस्नल क्याम्पेन ‘कोकाकोला क्यापमा कार अफर’ ल्याएको जनाएको छ । कोकाकोला ब्रान्ड सधैंभरि उपभोक्ताहरूसँग अनुपम क्याम्पेनको माध्यमबाट जोडिदै आइरहेको छ साथै उपभोक्ताहरूलाई रोमाञ्चक तथा अविस्मरणीय अनुभवहरू प्रदान गर्दै आइरहेको भन्दै यसपटक कोकाकोलाले उपभोक्ताहरूलाई टाटा टियागो गाडी र हरेक घण्टा एलजी एलईडी टिभी जित्ने मौका दिँदै आफ्नो सवारी अपग्रेड गर्ने अवसर प्रदान गरेको जनाएको छ ।
प्रोमोसनल क्याम्पेनअन्तर्गत उपभोक्ताहरूले ५ सय एमएल, १.१५ लिटर र २.२५ लिटरको कोकाकोला, स्प्राइट र फ्यान्टा किनेर यसको मज्जा लिनुका साथै ‘लक्की ड्र’ का लागि कन्टेस्टमा सहभागी हुन सक्नेछन्, कम्पनीले भनेको छ । ‘लक्की ड्र’ हरेक दिन आयोजना गरिनेछ र उपभोक्ताहरूले हरेक घण्टा एलजी एलईडी टिभी र बम्पर उपहारमा टाटा टियागो गाडी जित्न सक्नेछन् । क्याम्पेनमा सहभागी हुन उपभोक्ताहरूले बिर्कोमुनि रहेको ८ अंकको युनिक कोड टाइप गरेर ३६७६८ मा एसएमएस गर्नुपर्ने भन्दै उक्त म्यासेज भेरिफाई गरेर प्रत्येक घण्टा आयोजना गरिने ‘लक्की ड्र’का लागि पठाइने र त्यसपश्चात् मात्र बम्पर ‘लक्की ड्र’का लागि पठाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्