धार्मिक पर्यटन क्षेत्र दानसाँघु ओझेलमा «

धार्मिक पर्यटन क्षेत्र दानसाँघु ओझेलमा

स्नान गर्नेको घुइँचो

जुम्ला-कर्णालीमा धार्मिक, प्राकृतिक तथा सांस्कृतिक पर्यटनको एक सम्भावना बोकेको क्षेत्र हो । पर्यटनसँगै कर्णालीमा धार्मिक पर्यटनको सम्भावना पनि उत्तिकै छ । त्यस्तै कर्णालीको प्रसिद्ध दानसाँघु त्रिवेणी धाम तीर्थस्थल संरक्षण सम्बद्र्धनको अभावमा ओझेलमा परेको छ । हरेक वर्ष जनैपूर्णिमाको दिन बिहानैदेखि स्नान गर्ने तीर्थालुहरूको भीड हुन्छ भने धार्मिक मेलासमेत लाग्छ । “त्यहाँ छायानाथ, मुक्तिनाथलगायतका तीर्थस्थलमा गएकाहरू दानसाँघुमा रक्षा बन्धन तथा जनैपूर्णिमाका दिन अनिवार्य पुग्छन् भने दानसाँघुमा स्नना नगरेसम्म देवता शुद्ध हुँदैनन्,” संस्कृत विद् रमानन्द आर्चाय भन्छन् । सबै धामीझाँक्रीहरू दानसाँघुमा स्नान गरेपछि शुद्ध भएर देवता निकाल्छन् भने सयौं भक्तजनको भीड हुन्छ ।
स्थानीय चतुर्दशीको दिन लेकमा रहेका मालिकाको मन्दिरहरूमा भक्तजनहरू पूर्जापाठ गर्न जाने र साउन पूर्णिमाको दिनमा त्रिवेणीमा नुहाएर पवित्र भएर घर फर्कने चलन छ । त्यसैले जनैपूर्णिमा दिन तीर्थस्थल दानसाँघुमा हजारौंको संख्यामा भक्तजन हुन्छन् ।
परपूर्खादेखि दानसाँघुको त्रिवेणीमा देवताको मूर्ति छ भने धामीहरूसमेत नुहाउन आउने गरेको स्थानीय मयालाल देवकोटाले बताए । उनका अनुसार रहेक वर्ष जनै पूर्णिमाकै दिन मन्दिरबाट मूर्तिहरू ल्याएर त्रिवेणीमा स्नान गराइने र सोही पानीले सबै भक्तजनहरूले स्नान गरी पवित्र हुन्छन् ।
रक्षाबन्धन बाँध्ने घुइँचो प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) पर्व बिहीबार देशभर मनाइयो । सोहीअनुसार जुम्लाको दानसाँघु तीर्थस्थलमा स्नान गर्ने सँगै रक्षा बन्धन बाँध्नेहरूको समेत घुइँचो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्