रोयल इनफिल्डको ‘एक्सचेञ्ज मेला’
काठमाडौं– रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘एक्सचेञ्ज मेला’ आयोजना गर्ने भएको छ । यही भदौ १० गतेदेखि १५ गतेसम्म उक्त मेला आयोजना गर्ने बताइएको छ । मेलामा ‘स्पट एक्सचेञ्ज’, ‘बेष्ट भ्यालुएशन’ र ‘स्पट फाइनान्स’को सुविधा हुने कम्पनीले जानकारी गराएको छ ।
यस मेलामा ग्राहकले पुरानो दुई पांग्रे सवारी साधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न सक्नेछन् । हाल रोयल इनफिल्डका क्यासिक ३५० सिसी र स्क्रयाम ४११ सिसी मोडेलहरू उपलब्ध छन् । रोयल इन्फिल्डले नेपालभरको शोरूम र डिलर पोइन्टबाट यो मेला आयोजना गर्ने बताइएको छ ।