जनरल इन्स्योरेन्स कम्पनीको साधारणसभा «

जनरल इन्स्योरेन्स कम्पनीको साधारणसभा

जनरल इन्स्योरेन्स कम्पनी नेपालको प्रथम वार्षिक साधारणसभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा सम्पन्न भएको छ । प्रमुख अतिथि सुदूर पश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तथा यस कम्पनीका संस्थापक अध्यक्ष झपटबहादुर बोहराबाट पानसमा बत्तीबाली सभाको उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको वार्षिक साधारणसभाको निर्णय बमोजिम कम्पनीको जारी पुँजीअन्तर्गत सर्वसाधारण समूहका लागि छुट्याइएको ३० प्रतिशत दरले हुने जम्मा ३० करोड को सेयर संख्या ३० लाख कित्ता सेयर आईपीओ सर्वसाधारण समक्ष निष्कासन गरिने पनि जनायो ।

प्रतिक्रिया दिनुहोस्