मेचीनगरकोे राजस्वलक्ष्यभन्दा बढी «

मेचीनगरकोे राजस्वलक्ष्यभन्दा बढी

झापाको मेचीनगर नगरपालिकाले आर्थिक वर्ष ०७५-७६ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । मेचीनगर नगरपालिकाले आव ०७५-७६ मा ८ करोड रुपैयाँको राजस्व संकलन लक्ष्य राखेकोमा १२ करोड, २६ लाख १८, हजार ६ सय २८ रुपैयाँ राजस्व संकलन गरेको हो ।
लक्ष्यको तुलनामा ४ करोड, २६ लाख १८, हजार ६ सय २८ रुपैयाँ बढी राजस्व संकलन गरेको हो । मेचीनगर नगरपालिकाले गत आवमा ४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा ५ करोड ९४ लाख ६ हजार ४ सय ५१ रुपैयाँ राजस्व संकलन गरेको आर्थिक प्रशासन शाखा प्रमुख एवं लेखा अधिकृत पदमबहादुर कार्कीले जानकारी दिए ।
नगरपालिकाको खातामा मूल संरक्षित कोषको आयतर्फ १ अर्ब ३४ करोड २१ लाख ८८ हजार ५ सय २० रुपैयाँ छ । जसको आन्तरिक आम्दानी २३ करोड ८१ लाख ५१ हजार १ सय ११ रुपैयाँ छ । त्यस्तै बाह्य आम्दानीतर्फ १ अर्ब १० करोड ४० लाख ३७ हजार ४ सय ९ रुपैयाँ रहेको लेखा अधिकृत कार्कीले बताए ।
नगरपालिकाको खाताको ट्रान्सफर खर्चतर्फ १ अर्ब १३ करोड ४४ लाख २८ हजार ५ सय १५ रुपैयाँ ३६ पैसा रहेको कार्यालयले जनाएको छ । जसको आन्तरिक खर्चतर्फ १२ करोड ९४ लाख ५ हजार ८ सय ७८ रुपैयाँ ८३ पैसा र बाह्य खर्चतर्फ १ अर्ब ५० लाख २२ हजार ६ सय ३६ रुपैयाँ रहेको कार्कीले बताए ।
आव ०७५-७६ मा नगरपालिकाको कुल खर्च १ अर्ब २१ करोड ९४ लाख २० हजार ६ सय ६७ रुपैयाँ भएको थियो । योमध्ये चालू बजेट खर्च ७२ करोड २१ लाख ५६ हजार ५६ रुपैयाँ छ । त्यस्तै पुँजीगत बजेट खर्चतर्फ ४९ करोड १७ लाख ८० हजार ८ सय ७४ रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ५४ लाख ८३ हजार ७ सय ३५ रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्