हुम्ला र मुगुमा हिमपात «

हुम्ला र मुगुमा हिमपात

हुम्ला-मुगु-हुम्लामा सोमबार रातीबाट सुरु भएको हिमपातले सातवटा गाउँको सदरमुकामसँग सम्पर्क विच्छेद भएको छ । नाम्खा गाउँपालिकाको लिमी, हल्जी, मुचु, याल्वाङ्, यारी, हिल्सा, नेप्का पूर्णरुपमा सम्पर्कबिच्छेद भएका छन् । जिल्लाका अधिकांश उत्तरी बस्तीमा बाख्लो हिउँ जमेको छ । हिमपातले हिमाली भागमा ४ फिट र सिमिकोटमा २ फिट हिउँ जमेको छ । यहाँको तापक्रम अहिले माइनस १२ डिग्रीमा झरेको छ भने चीन सिमानाको हिल्सा र लिमीमा माइनस १५ डिग्रीसम्म झरेको छ । सात गाउँपालिकामध्ये बढी हिउँ नाम्खामा र अदानचुली गाउँपालिकामा भने पानी परिरहेको छ । स्थानीयकाअनुसार अन्य गाउँपालिकाका केही वस्तीमासमेत पानी परिरहेको छ । चिसोले जनजीवन प्रभावित बनेको छ ।  हिमपातले विद्यालयको पठन पाठन प्रभावित भएको छ भने कार्यालयका काम पनि प्रभावित बनेको छ । यसैगरी उडान सेवा पनि बन्द भएको छ । 
हिउँद मौसम सकिनलाग्दा आइतबार रातीबाट मुगुलगायत कर्णालीका अन्य जिल्लामा पनि हिमपात भएको छ । हिमपातले मुगु सेताम्मे भएको छ भने किसानहरु खुसी भएका छन् । डोल्पा र  कालीकोटमा पनि हिमपात भएको स्थानीयले बताएका छन् । मुगुको मुगु गाँउ ,डोल्फु,,किम्री,पुलु, रारा, मुर्माटप, खमाले, सोरुकोट, डुमाना, ताल्च, रारा मुन्दू, तल्लेख, सोभा सेरी, गम्थालगायत जिल्लाका सबै बस्तीमा ३-४ फिट भन्दा बढी हिमपात भएको स्थानीयले  बताएका छन् । हिमपातले सवारी साधन तथा विमान सेवा बन्द भएको छ । नाग्म गमगढी सडकमा हिउँ जमेकोले मुगु भित्रने करिब दुईदर्जन मालवाहक सवारी साधनहरु जुम्लाको गोठीज्यूला,भूलभूले र कालिकोटको नाग्मालगायतका स्थानमा रोकिएका छन् ।  जै ,गहु, नाफल गहु, तरकारी राम्रो हुने भएकोमा किसान खुसी भएका  छायाँनाथ रारा नगरपालिका ३ तुमगाँउका कुममरसिंह खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्