Logo

नागढुंगादेखि कलंकीसम्मको सडक हरियाली बनाइने

सरकारले राजधानी भित्रने प्रमुख नाका नागढुंगादेखि कलंकीसम्मको सडक किनारा हरियाली बनाउन सुरु गरेको छ । वन तथा वातावरण मन्त्रालयले सडक विस्तार कार्य सम्पन्न भएको स्थानमा सडकको बीच भागमा रहेको डिभाइडरमा वृक्षरोपण अभियान सुरु गरेको हो ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नागढुंगामा कपुरको बिरुवा रोपेर अभियानको विधिवत थालनी गरेका छन् । नागढुंगादेखि थानकोटसम्मको तीन किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भएकाले सो स्थानमा वृक्षरोपण गर्न लागिएको वन विभागका महानिर्देशक एवं सह–सचिव डा. रामप्रसाद लम्सालले जानकारी दिए । लम्सालले विस्तार जारी रहेका सडकको काम सकिएपछि क्रमशः कलंकीसम्मै वृक्षरोपण गरिने जानकारी दिए । यसअघि मन्त्रालयले कोटेश्वर–कलंकी सडकखण्डमा वृहत वृक्षरोपण गरिसकेको छ । मन्त्रालयले देशभर पाँच करोड वृक्षरोपण गर्ने योजनाअनुसार अभियान सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्