जनसंख्याभन्दा दोब्बर दूरसञ्चारका ग्राहक «

जनसंख्याभन्दा दोब्बर दूरसञ्चारका ग्राहक

पछिल्लो एक दशकयता नेपालमा आक्रामक रूपमा विस्तार भएको दूरसञ्चार क्षेत्रमा प्रयोगकर्ता पनि उत्साहजक रूपमा वृद्धि भइरहेको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार ४ करोड ११ लाख १० हजारले भ्वाइस सेवा र १ करोड ९० लाख डेटा सेवा प्रयोगकर्ता छन् । पछिल्लो एक दशकयता नेपालमा आक्रामक रूपमा विस्तार भएको दूरसञ्चार क्षेत्रमा प्रयोगकर्ता पनि उत्साहजक रूपमा वृद्धि भइरहेको छ ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार ४ करोड ११ लाख १० हजारले भ्वाइस सेवा र १ करोड ९० लाख डेटा सेवा प्रयोगकर्ता छन् । केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको कुल जनसख्यालाई आधार मान्ने हो भने विदेशमा रहेका नेपालीवाहेक औषतमा हरेक एक नेपाली बरावर दुईवटा सीमकार्ड तथा टेलिफोन लाइन पर्छ । विभागले सन् २०११ देखि २०३१ सम्म २ करोड ९५ लाख जनसंख्या हुने प्रक्षेपण गरेको छ भने २०६८ को जनसख्या २ करोड ६४ लाख हो । नेपालमा साधारण टेलिफोन तथा सिमकार्ड खरिद गर्नेको संख्या ४ करोड ११ लाख १० हजार पुगेको छ ।
एकातर्फ दोहोरो सेवा लिनेको सख्या बढ्दै जानु र अर्काेतर्फ सेवा प्रदायक कम्पनीहरूबीच बढ्दो प्रतिस्पर्धाले दूरसञ्चार सेवाका प्रयोगकर्ता बढेका छन् । जनसख्याको आँकडा र टेलिफोन तथा सिमकार्ड सेवाग्राहीका आधारमा प्राधिकरणले १३९.२९ प्रतिशतमा दूरसञ्चार सेवा पुगेको जनाएको छ । प्रविधिमा नविनता र चलायमानमा सहजताले गर्दा मोवाइल फोन प्रयोगकर्ता दिनानुदिन बढेका छन् । प्राधिकरणले सार्वजनिक गर्ने तथ्यांकअनुसार मासिक डेढ लाखदेखि २ लाखको हाराहारीमा मोवाइल प्रयोगकर्ता थपिएको देखिएको छ ।
पछिल्लो म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआईएस) अनुसार कुल दूरसञ्चार सेवाग्राहीमध्ये ४ करोड अर्थात १३६.५८ प्रतिशतले मोवाइल प्रयोग गर्छन् । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले दूरसञ्चार सेवामा सिमकार्ड तथा टेलिफोन लाइन खरिद गर्ने ग्राहकसंख्याका आधारमा तथ्यांक लिने गरिएको बताउँछन् । “सेवा प्रदायक कम्पनीबाट महिना–महिना दिनमा ग्राहकको विवरण लिने र सोही आधारमा तथ्यांक सार्वजनिक गर्ने गरेका छौं,” उनले भने । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्यासमेत दिनप्रतिदिन बढ्दो छ ।
हातहातमा मोबाइल र शिक्षामा भएको पहुँच वृद्धिसँगै इन्टरनेट प्रयोगकर्ता बढेका हुन् । एमआईएसअनुसार १ करोड ९० लाख अर्थात कुल जनसंख्याको ६४.४६ प्रतिशत नेपाली इन्टरनेट पहुँचमा छन् । मोबाइल, ल्याण्डलाइन, एडीएसएल, जीपीआरएस थ्रिजी तथा फोरजीमार्फत इन्टरनेटको प्रयोग हुन्छ । सरकारले सन् २०२० सम्म देशभर ब्रोडब्याण्ड इन्टरनेट सुविधा पु-याउने तयारी गरेको छ । सूचना सञ्चार प्रविधि (आईसीटी)मा भएको विश्वव्यापी विकास र विस्तार तथा तथा मोबाइल प्रयोगकर्ताको वृद्धिदरलाई प्राथमिकतामा राख्दै सररकाले ब्रोडब्याण्ड इन्टरनेट पहुँचमा ध्यान दिएको प्राधिकरणका प्रवक्ता अर्यालले बताए । 
ब्रोडव्याण्ड नीतिले सन् २०१८ सम्म ४५ प्रतिशत घरधुरीमा ब्रोडव्याण्डको पहुँच सुनिश्चित गर्ने, सहरी ब्रोडब्याण्ड उपभोक्तालाई बहु सेवाप्रदायकहरू मार्फत छनोटको अवसर दिने लक्ष्य राखेको छ । सबै जिल्ला सदरमुकामहरूमा अप्टिकल फाइबर सञ्जाल विस्तार गर्ने, तत्कालीन १ हजार ५ सय गाउँ विकास समितिलाई ब्रोडव्याण्ड पूर्वाधार र सेवायुक्त विद्युतीय गाउँ विकास समिति (ई–भिलेज)का रूपमा विस्तार गर्ने समय पनि २०१८ सम्मलाई तोकिएको छ । यो लक्ष्य अहिलेसम्म पूरा हुन सकेको छैन । 
पाँच वर्षमा भ्वाइस र डेटा ग्राहक 

वर्ष भ्वाइस डेटा
२०७१ पुस २.४२ करोड ०.८६ करोड
२०७२ पुस २.७७ करोड १.१४ करोड
२०७३ पुस ३.११ करोड १.३६ करोड
२०७४ पुस ३.५५ करोड १.५८ करोड
२०७५ जेठ ३.८९ करोड १.४७ करोड
२०७६ जेठ ४.११ करोड १.९० करोड  

स्रोत– नेपाल दूरसञ्चार प्राधिकरण

प्रतिक्रिया दिनुहोस्