आजदेखि टेलिसिरियल ‘हामी जे देख्छौं’ प्रशारण «

आजदेखि टेलिसिरियल ‘हामी जे देख्छौं’ प्रशारण

काठमाडौं– अर्पण ढुंगानाको कथा तथा निर्देशन रहेको सामाजिक विषयवस्तुमा आधारित टेलिसिरियल ‘हामी जे देख्छौं’ प्रसारणमा आउने भएको छ । सामाजिक कथावस्तुमा आधारित टेलिसिरियल आज (मंगलबार)देखि हिमालय टेलिभिजनमार्फत प्रसारणमा आउने भएको हो ।

कार्यक्रम प्रत्येक मंगलबार बेलुकी ९ देखि ९:३० बजेसम्म हिमालय टेलिभिजनमा प्रशारण हुनेछ । ६ एपिसोडमा प्रसारण हुने सिरिजमा मदिरा, लागुऔषध, यौन हिंसाले समाजमा पार्ने दुष्प्रभाव जस्ता विषय देखाइनेछ । उक्त टेलिसिरियल कथानक शैली र विज्ञका भनाइलाई राखेर निर्माण हुने निर्माण युनिटले जानकारी दिएको छ ।

सो टेलिसिरियलको उद्देश्य अनुशासित र मर्यादित समाज निर्माण गर्नु रहेको छ । समाजमा विद्यमान विकृति र विसंगतिविरुद्ध प्रहार गर्दै सद्भाव तथा शान्तिपूर्ण समाजको निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले यो टेलिभिजन कार्यक्रम बनाइएको हो । कार्यक्रममा वरिष्ठ कलाकार रमेश बुढाथोकी, सरिता गुरुङका साथै अन्य नवकलाकारको प्रस्तुति रहनेछ ।

प्रतिक्रिया दिनुहोस्