रुस र चीनको हाइपरसोनिक किन अमेरिकाले छेक्न सक्दैन? «

रुस र चीनको हाइपरसोनिक किन अमेरिकाले छेक्न सक्दैन?

वासिङटन-चीन र रुसले विकास गरेको हाइपरसोनिक विमानको अमेरिकी प्रतिरोधी क्षमता नभएको अमेरिकाका वरिष्ठ परमाणु कमाण्डरले यसै साता बताएका छन् ।
“हामीसँग हामी बिरुद्ध परिचालन हुन सक्ने यस किसिमका हतियारको कुनै पनि प्रतिरोधी क्षमता छैन,” वायु सेनाका जोन हाइटेनले सिनेट आर्मड सर्भिस कमिटीलाई बताए ।
“रुस र चीन दुवैले आक्रमक रुपमा हाइपरसोनिक क्षमता विस्तार गरिरहेका छन्,” हाइटेनले थपे । “हामीले उनीहरुले यस किसिमको क्षमता विकास गरिरहेको देखेका छौ,” उनको भनाई थियो ।
¥यान्डका अनुसन्धानकर्मी र इन्जिनियरहरुले हाइपरसोनिक हतियार के हो र कुन मुलुकहरुले यसको विकास गरिरहेका छन् र अमेरिकाले यसको प्रतिकारका लागि हेर्नुपर्छ भनेर बताएका छन् ।
के हो हाइपरसोनिक हतियार ?
हाइपरसोनिक हतियार क्षेप्यास्त्र हो । यो म्याक ५ तथा यो भन्दा पनि उच्च गतीमा जान सक्छ । यो आवाजको गती भन्दा ५ गुणा तीव्र हुन्छ । यसको अर्थ हाइपरसोनिक हतियार प्रति सेकेन्ड १ माइलको गतीमा उडान भर्न सक्छ ।
उदाहरणका लागि व्यापारिक प्रयोजनका विमान १ म्याक भन्दा तल उडान भर्न सक्छ भने आधुनिक लडाकु विमान म्याक २ वा म्याक ३ को गतीमा उडान भर्न सक्षम छन् ।

 

प्रतिक्रिया दिनुहोस्