पोखरामा ‘द आर्ट अफ सेलिङ डेस्टिनेसन’ तालिम सम्पन्न «

पोखरामा ‘द आर्ट अफ सेलिङ डेस्टिनेसन’ तालिम सम्पन्न

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्डको सहकार्य तथा सहयोगमा यही साउन ९ र १० गते पोखरास्थित गेट भोकेसनल फ्याब स्कुलमा ‘द आर्ट अफ सेलिङ डेस्टिनेसन’ शीर्षकमा ६६ जना युवा पर्यटनकर्मी तथा सरोकारवालाहरूको उत्साहजनक सहभागितासहित दुई दिने मानव संशाधन तथा जनशक्ति विकास तालिम कार्यक्रम एवं कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
‘माइस टुरिज्म’ तथा ‘स्पेशल इन्टेरेस्ट टुरिज्म’ को प्रवद्र्धन र बिक्रीसम्बन्धी आवश्यक जागरुकता, ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउने प्रमुख उद्देश्यका साथ आयोजित कार्यक्रममा सहभागीहरूलाई पर्यटकहरूको आवश्यकता र बजारक्षेत्र अनुरूप प्याकेज निर्माण, प्रोडक्ट एवं गन्तव्यलाई निरन्तर रूपमा गर्वका साथ दिगो एवं फाइदाजनक तवरबाट प्रवद्र्धन एवं बिक्री गर्न सहभागी स्वयम आफैंले कार्यान्वयन गराउन र नतिजाहरू मूल्यांकन गर्न सक्ने आवश्यक विधि, उपकरणहरू र रणनीतिहरू इत्यादि विषयमा प्रशिक्षण गराइएको थियो ।
पाटा नेपालले यस तालिम कार्यक्रम सञ्चालनका लागि थाइल्यान्डस्थित विनिङ एड्जका प्रबन्ध निर्देशक डा. बर्ट भान वालबिकलाई नेपाल आमन्त्रण गरेको हो । कार्यक्रमलाई क्षेत्रीय होटल व्यवसायी संघ चितवन, कैलाश ग्रुप नेपाल र गेट भोकेसनल पm्याब स्कुलले हस्पिटालिटी पार्टनरका रूपमा एवं बुद्ध एयरले एयरलाइन्स पार्टनरका रूपमा प्रायोजन तथा सहयोग गरेका छन् ।
कार्यक्रमका प्रशिक्षक डा बर्ट भान वालबिकले कुनै पनि पर्यटक होटल, एयरलाइन्स, रेस्टुराँ, ट्राभल एजेन्सी वा अन्य कुनै सेवा प्रदायकले होइनस बरु गन्तव्यको आकषणले आफ्नो यात्रा कार्यक्रम निर्धारण गर्ने बताए । फलस्वरूप, नेपाल गन्तब्य प्रवद्र्धन का निम्ति सबै एकीकृत भई अघि बढेमा भर्मण वर्ष २०२० ले पनि अपेक्षित उपलब्धि प्राप्त गर्न सक्ने धारणा व्यक्त गरे ।
पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिक्रित सुरेशसिहं बुडालले सहभागीहरू, सहयोगी संस्था आभार व्यक्त गर्दै सहभागीहरूलाई पाटा नेपालको भावी कार्यक्रमहरू तथा अभियानहरूमा सहभागी हुन आमन्त्रण गरे ।
उनले ‘द आर्ट अफ सेलिङ डेस्टिनेसन’ तालिम कार्यक्रम सहभागीहरूलाई आ–आफ्नो प्रोडक्ट वा सर्भिस सम्बन्धित हरेक प्रबर्धनात्मक एवं बजारीकरण कार्य अभियानमा गन्तब्य प्रवद्र्धनलाई पहिलो प्राथमिकता प्रदान गर्नुपर्ने आवश्यकता र यसको महत्वका बारेमा अभिप्रेरित गराउन र सोका निम्ति प्रवद्र्धन, बिक्री, नेगोसिएसन, प्रस्ताव लेखन र प्रस्तुतीकरणसम्बन्धी आवश्यक सीप र ज्ञान प्रदान गराउन उपलब्धिपूर्ण तालिम रहेको बताए । कार्यक्रमको समापनसँगै सहभागीहरूलाई पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डको संयुक्त प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्