लुम्बिनीमा १३ सय उद्योग बन्द
आर्थिक क्षेत्रमा देखिएको समस्याको कारण लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा १ हजार ३ सय साना तथा घरेलु उद्योग बन्द भएका छन् । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार एक वर्षको अवधिमा यो संख्यामा उद्योगहरु बन्द भएका हुन् । उद्योग बन्द भएपनि कानुनी रुपमा बन्द नगराउने संख्या धेरै रहेको उद्योगीहरु बताउँछन् ।
मन्त्रालयका शाखा अधिकृत रामप्रसाद घिमिरेका अनुसार आर्थिक वर्ष २०७९/८० मा प्रदेशका १२ जिल्लामा १ हजार ३ सय घरेलु तथा साना उद्योग बन्द भएका छन् । नवलपरासी पश्चिममा १ सय १२ उद्योग वन्द भएका छन् । जसमा उत्पादन मुलक उद्योग २०, कृषि तथा वन्य जन्य ४५, पर्यटनमुलक २ र सेवा मुलक ४५ उद्योग वन्द भएका छन् । यो अवधिमा २९० उद्योगले नविकरण गराएका छन् ।
रुपन्देहीका २१७ उद्योग बन्द भएका छन् । जसमा उत्पादनुलक ८४, कृषि तथा वन जन्य १९ , पर्यटनमुलक १९, सेवामुलक ६३ उद्योग वन्द भएका छन् । यो अवधिमा १ हजार १०९ उद्योगले नविकरण गरेका छन् । कपिलवस्तुमा उद्योग बन्द गराएको र नविकरण गराएको आधिकारिक तथ्याकं भने छैन । दाङमा २९८ उद्योग बन्द भएका छन् । जसमा उत्पादनमुलक ५४,कृषि तथा वन जन्य १४०, पर्यटनमुलक ४८, सेवा मुलक ५५ उद्योग बन्द भएका छन् । एक वर्षको अवधिमा ७१७ उद्योग नविकरण भएका हुन् ।
बाँकेमा १ सय ६० उद्योग बन्द भएका छन् । जसमा उत्पादक मुलक ३३, कृषि तथा वन जन्य ५८,पर्यटन मुलक ३२, सेवा मुलक ३७ उद्योग बन्द भएको मन्त्रालयको तथ्यांकामा उल्लेख छ । एक वर्षको अवधिमा बाँकेमा ३१४ उद्योग नविकरण भएका छन् । बर्दियामा ११४ उद्योग बन्द भएका छन् । जसमा उत्पादन मुलक ११, कृषिजन्य ५८, पर्यटनमुलक ३०, सेवा मुलक १५ उद्योग बन्द भएका छन् । त्यसोत एक वर्षको अवधिमा ४ सय ६२ वटा उद्योग नविकरण भएका छन् ।
यसैगरेर पाल्पामा १४३ उद्योग बन्द भएका छन् । जसमा उत्पादन मुलक १०६, कृषि तथा वन जन्य ३७ उद्योग बन्द भएका छन् । एक वर्षको अवधिमा २७३ उद्योग नविकरण भएका छन् । गुल्मीमा १३२ उद्योग बन्द भएका छन् । जसमा उत्पादनमुलक ९, कृषि तथा वन जन्य २८, पर्यटनमुलक ५६ र सेवामुलक ३९ उद्योगहरु बन्द भएका छन् । एक वर्षको अवधिमा २२६ उद्योगले नविकरण गराएका छन् ।
अर्घाखाँचीमा १८ उद्योग बन्द भएका छन् । जसमा उत्पादनमुलक ४, कृषि तथा वनजन्य १४ द्योग बन्द भएका छन् । एक वर्षको अवधिमा ३१ वटा नविकरण भएका छन् । प्युठानमा २३ उद्योग बन्द भएका छन् । त्यस्ता उद्योगतर्फ उत्पादनमुलक ४, कृषि तथा वन जन्य १०, पर्यटनमुलक ६ र सेवामुलक ३ उद्योग बन्द भएका छन् । एक वर्षको अवधिमा १४९ उद्योगले नविकरण गरेका छन् । रोल्पामा ७५ उद्योग बन्द भएका छन् ।
जसमा उत्पादनमुलक ४, कृषि तथा वन जन्य २९, पर्यटन मुलक २२, निर्माण उद्योग एक, सेवा मुलक १९ उद्योग बन्द भएका छन् । एक वर्षको अवधिमा २८२ उद्योग नविकरण भएका छन् । रुकुम पुर्वी जिल्लामा ८ उद्योग बन्द भएका छन् । जसमा कृषि तथा वन जन्य ४, पर्यटन मुलक एक, सेवामुलक ३ उद्योग बन्द भएका छन् । १ वर्षको अवधिमा १९ उद्योग नविकरण भएका छन् ।
पलायनको क्रम बढ्दो
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले विभिन्न समस्याको कारण व्यवसायी पलायन हुँदै गएको बताएका छन् । ‘अहिले कसरी उद्योगी तथा व्यवसायी बचाउने भन्ने चिन्ता छ’ उनले भने । राज्यले व्यवसाय गर्ने वातावरण निर्माणगर्न नसक्दा यस्तो समस्या भएको उनको भनाइ छ । अहिले धेरै उद्योगी तथा व्यवसायी व्यवसाय छोडेर विदेशिन बाध्य भएको उनले बताए ।
खाली भएका सटरहरु समेत भाडामा जाने अवस्था नरहेको उनी बताउँछन् । यसतर्फ राज्यले ध्यान दिन नसकेको उनको गुनासो छ । ‘राज्यले निजी क्षेत्रलाई कर उठाउने दृष्टिले मात्र हेर्ने गरेको छ’ उनले भने । आर्थिक मन्दीका समयमा समेत निजी क्षेत्रले सहयोग पाउन नसकेको उनको भनाइ छ । ‘निजी क्षेत्रलाई अप्ठेयारो परेको समयमा हामीले राज्यबाट अभिभावकको भुमिका पाउन सकेनौं’ उनले भने ।
उद्योग बन्दको सम्बन्धमा उद्योग तथा व्यवसाय के कारणले बन्द गराउनु खोजिएको भन्ने कारण नवताउने गरेको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी मिनराज पाण्डेले बताए । ‘हामीले कारण खोज्दा कसैले पनि बैंक तथा अन्य कारण भनेको पाएका छैनौं’ सूचना अधिकारी पाण्डेले भने ।
पाँच हजार उद्योग थप
लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा ५ हजारभन्दा वढी घरेलु तथा साना उद्योग थपिएका छन् । मन्त्रालयका शाखा अधिकृत घिमिरेका अनुसार एक वर्षको अवधिमा ५ हजार १३४ उद्योग थपिएका हुन् । यसरी थपिएको उद्योगमा ५ हजार ५५३ जना उद्यमी छन् । जसमा पुरुष २ हजार ८३० र महिला २ हजार ७३० जना रहेका छन् । १९ हजार ९३७ जनाले रोजगारी प्राप्त गरेका छन् । जसमा पुरुष ११ हजार ३५४ र महिला ८ हजार ५८३ जनाले रोजगारी प्राप्त गरेका छन् ।
रोजगारी र आर्थिक विकास प्राथमिकतामा
लुम्बिनी सरकारले रोजगारी र आर्थिक विकासलाई प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री डिल्लीवहादुर चौधरीले प्रदेश सरकारको मुख्य ध्यान प्रदेशको आर्थिक विकास र रोजगारीमा रहेको बताए । आर्थिक अवस्था सुधार नहुदासम्म अन्य विकासका काम समेत अगाडि बढन नसक्ने उनको भनाइ छ । आर्थिक विकास हुने खालको कार्यक्रमका लागि प्रदेश सरकारले बजेट छुटाएको उनले बताए ।
यसका लागि थप बजेटका लागि संघीय सरकार, दातृ निकायसँग छलफल भइरहेको उनको भनाइ छ । ‘आर्थिक क्षेत्रको विकासका लागि हामी बजेट कमी हुन नदिने गरि अगाडि बढेका छौ’ मुख्य मन्त्री चौधरीले भने । उद्यमी उत्पादन गर्नका लागि कुरा भन्दा पनि काम गरेर अगाडि बढनु पर्ने उनको भनाइ छ । रोजगारीको सृजना गर्न नसक्दासम्म रोजगारीको लागि बिदेशीने युवाहरुलाई रोक्न नसकिने भन्दै यसतर्फ सबैको ध्यान जानु पर्ने उनले बताए ।
‘स्वदेशमा नै रोजगार दिन सकिएमा विदेशीने युवाहरुलाइ रोक्न सकिन्छ’ मुख्य मन्त्री चौधरीले भने । युवा जन शक्ति विदेशीदा देशको विकासमा समेत प्रभाव पर्ने गरेको उनले बताए । ‘सरकारले ल्याएको योजनालाइ सबैको सहयोग भयो भने त्यसको कार्यान्वय प्रभावकारी हुने छ’ उनले भने । ‘भौतिक निर्माणले मात्रै विकास हुदैन नागरिकको आर्थिक स्थितिमा सुधार ल्याउन आवश्यक रहेको छ’ मुख्य मन्त्री चौधरीले भने ।
गाउँमा उत्पादन हुने हरेक वस्तुलाई प्राथमिकता दिएर अगाडि वढाइने उनले बताए । ‘स्थानीय उत्पादनलाई ब्राण्डिङ गरेर विदेश निर्यात गर्न लाग्नु पर्दछ ’ मुख्य मन्त्री चौधरीले भने । यसका लागि आवश्यक पर्ने सहयोग गर्न प्रदेश सरकार तयार रहेको उनको भनाइ छ ।