Logo

धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं.८ बोबाङमा एक दम्पतीको विभत्स तरिकाले हत्या भएको छ । शनिबार राति आफ्नै घरमा बसिरहेका ६८ वर्षका भानबहादुर कामी र उनकी ६० वर्षिया श्रीमती विमा कामीको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।
आइतबार बिहान स्थानीयले भानबहादुरको शव घर नजिकै मकै बारीमा र विमाको शव घरभित्रै रक्ताम्मे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना थाहा पाएलगत्तै प्रहरिको टोली बोबाङ पुगेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ऋणबहादुर बैदावारले बताए । “घटनाको प्रकृति हेर्दा व्यक्तिगत रिसिबिका कारण हत्या भएको हुनसक्ने देखिएको छ,” उनले भने ।
वृद्ध दम्पतीको हत्या के कारणले भयो भन्ने खुल्न आएको छैन । घटनाको अनुसन्धानका लागि जिल्लाबाट प्रहरी प्रमुख लगाएतको टोली घटनास्थल गएको छ । मृतक बिकका छोरा बुहारी ढोरपाटनमा बस्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्