सडक दुर्घटनामा परी सत्ताइसको मृत्यु «

सडक दुर्घटनामा परी सत्ताइसको मृत्यु

इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा शनिबार एक भीषण सडक दुर्घटना भएको छ । 
यस दुर्घटनामा परी कम्तीमा २७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १८ गम्भीर घाइते भएका छन । 
यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको प्रहरी र अस्पतालका अधिकारीहरुले आइतबार बिहान जानकारी दिएका छन । 
सुबाङ जिल्लाको सिसेनाङ भन्ने ठाँउमा दुर्घटना भएको बताइएको छ । बसले मोटरसाइकललाई ठक्कर दिएपछि यात्रु बाहक सो बस एक पहाडमा गएर ठोक्किएको थियो । 
यस दुर्घटना धेरै जना पिडित भएका घटनास्थलबाट एक जना प्रहरी अधिकारीले शनिबार सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन । 
दुर्घटनामा परेको बसमा ४५ जना यात्रु सवार रहेका थिए । प्रहरीका अनुसार घटनाका बारेमा अनुसन्धान जारी रहेको छ । 
‘सुबाङ जनरल हस्पितल’ ले २७ को मृत्यु भएको विवरण दिएको छ । त्यसैगरी अन्य १८ जना गम्भीर घाइते भएको पनि अस्पतालले जनाएको छ । 
घाइतेहरुलाई ‘आइसियु’मा राखेर उपचार गरिएको छ । घाइतेहरु मध्ये अधिकांशको शरीरका विभिन्न ठाँउको हण्डी भाँचिएको र टाउकोमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन । 
घाइते मध्ये धेरैको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या बढ्न सक्ने पनि प्रहरीको अनुमान रहेको छ । 

प्रतिक्रिया दिनुहोस्