खाद्य परीक्षण प्रयोगशाला प्रयोगविहीन

झापाको दमकमा निर्माण गरिएको खाद्य परीक्षण प्रयोगशाला प्रयोगविहीन बनेको छ । विभिन्न खाद्य परिकारको परीक्षण गर्ने उद्देश्यले दमक नगरपालिकाले २०७९ फागुनमा दमक नगरपालिका कार्यालय हाताभित्र स्थापना गरिएको खाद्य परीक्षण प्रयोगशाला अझसम्म सञ्चालनमा आउन नसकेपछि प्रयोगविहीन बनेको हो ।
तत्कालीन दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले उद्घाटन गरेको खाद्य परीक्षण प्रयोगशाला आन्तरिक व्यवस्थापन नहुँदा सञ्चालनमा नआइ प्रयोगविहीन भएको दमक नगरपालिकाकाकी खाद्य अधिकृत लक्ष्मी न्यौपानेले बताइन् । विभिन्न खाद्य तथा पेय पदार्थ परीक्षण गर्नेगरी व्यवस्था गर्दै लैजाने उद्देश्यका साथ खाद्य परीक्षण प्रयोगशाला सुरु भए पनि आन्तरिक व्यवस्थापन नहुँदा सञ्चालनमा ल्याउन कठिनाइ भएर अहिले प्रयोगविहीन भएको उनले बताइन् ।
खाद्य परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउन आवश्यक कर्मचारीको व्यवस्थापन नभएको उनको भनाइ छ । दमक नगरपालिका कार्यालय हाताभित्र स्थापना गरिएको खाद्य परीक्षण प्रयोगशालामा दमक र आसपास उत्पादन भएका तथा बिक्री वितरण हुँदै आएका पानी उद्योगको पानीको शुद्धता परीक्षण एवं डेरीबाट उत्पादन भएको दूधको गुणस्तर जाँच गर्न पनि सकिने उनले बताइन् ।
दमक नगरपालिका कार्यालय हाताभित्र स्थापना गरिएको खाद्य परीक्षण प्रयोगशालामा अन्य खाद्य सामग्रीको परीक्षण गर्ने उपकरणको पनि व्यवस्था गरिने र विषादीसमेत जाँच गरिने भनिए पनि अहिले प्रयोगशाला प्रयोगविहीन बनेको उनको भनाइ छ । दमक नगरपालिका कार्यालय हाताभित्र स्थापना गरिएको खाद्य परीक्षण प्रयोगशाला सञ्चालनमा नआउँदा खाद्यवस्तको विषादी परीक्षण बिना नै उपभोग गर्नुपरेको स्थानीय कमल अधिकारीले बताए ।
स्थानीय सरकार आफैँले लगानी गरेर तयार पारेको खाद्य परीक्षण प्रयोगशाला सम्भवत नेपालकै पहिलो भएको तत्कालीन दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले दाबी गरेका थिए । दमक नगरपालिकाको आन्तरिक स्रोतबाट ३० लाख रुपैयाँ खर्चेर बनाइएको खाद्य परीक्षण प्रयोगशाला प्रयोगविहीन हुँदा खाद्य गुणस्तर मापन गर्न नसकिएको दमक नगरपालिकाकाकी खाद्य अधिकृत लक्ष्मी न्यौपानेले बताइन् ।
यता, दमक नगरपालिका कार्यालय हाताभित्र स्थापना गरिएको खाद्य परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउन आफूले पहल गर्ने दमक नगरपालिकाका नगर प्रमुख राम थापाले बताएका छन् ।