तम्घास, कुश्मा र सानागाउँमा सनराइज बैंक «

तम्घास, कुश्मा र सानागाउँमा सनराइज बैंक

ग्राहकहरूलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा सञ्चालन गर्दै आउने क्रममा बैंकले तम्घासमा ११८ औं शाखा, कुश्मामा ११९ औं शाखा तथा सानागाउँमा छैटौं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ । आइतबार आयोजित औपचारिक कार्यक्रममा पर्वतस्थित कुश्मामा
कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरे ।
सोही कार्याक्रममा पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रूपमा एटीएमको उद्घाटन गरे भने गुल्मीस्थित तम्घासमा रेशुंगा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुषाल र धुर्कोट गाउँपालिकाका अध्यथ भुपाल पोखरेलले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए ।
आइतबार नै ललितपुर महानगरपालिका स्थित सानागाउँमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए भन्दै सनराइज बैंकले हालसम्म १ सय १९ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ६ वटा एक्सटेन्सन काउन्टर र १ सय ३७ वटा एटीएममार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्