अर्घाखाँची विमानस्थल तेस्रो पटक शिलान्यास «

अर्घाखाँची विमानस्थल तेस्रो पटक शिलान्यास

अर्घाखाँची– कृिष, पर्यटन र उद्योगमा विस्तार समतामूलक सहभागिता समृद्ध अर्घाखाँचीको मूल आधार भन्ने नारासहित तत्कालीन नेपाल सरकारको उपप्रधान तथा ऊर्जामन्त्री रहेका टोपबहादुर रायमाझीले २०७३ असार १३ गते अर्घा भगवती विमानस्थलको शिलान्यास गरेका थिए ।
शिलान्यास गर्दा रायमाझीले एकवर्ष भित्रनै आधारभुत रूपमा हवाईजहाज उडाउने बताए पनि ३ वर्षसम्म विमानस्थल निर्माणको काम सुरु भएन् । शिलान्यास कार्यक्रममा जनलहरसहित भव्य रुपमा शिलान्या सभएको विमानस्थल निर्माणको काममा रूख कटान सुरु गर्दा फेरि औपचारीक कार्यक्रम गरेर रूख कटान सुरु गरियो । एक वर्षमा आधारभूत रूपमा विमानस्थल सञ्चालन हुन्छ, भनेका रायमाझीले प्रतिनिधि सभाको निर्वाचनमा एयरपोर्ट छिट्टै सञ्चालन हुन्छ भन्ने नारा वाम गठबन्धनको बन्यो ।
निर्वाचन सम्पन्न भएको ३ महिनापछि २०७४ चैतको ११ गते फेरि सल्लाको रूख काटेर पूर्वउपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझीले रूख कटान सुरु गरे । शिलान्यासमा एक वर्षमा आधारभूत हवाईजहाज उड्छ, भनेका रायमाझीले तीन वर्षमा विमान नियमित उडान गर्न मिल्ने गरी काम अगाडि बढ्ने बताए ।
रूख कटान सकिएपछि पुनः काम सुरु भएन् । रुख कटानको उद्घाटन गरेका रायमाझी २०७६ साउन २२ गते निर्माण कार्य रिवन काटेर शुभारम्भ गरी कामको उद्घाटन फेरि गरे ।
५ करोड ६० लाखको लागतमा विमानस्थलको रनवेको काम सुरु गरिएको छ । पुष्पा जेभी कन्स्ट्रक्सनले विमानस्थल निर्माणको जिम्मा पाएको छ । २२ गतेदेखि निर्माण कार्य सुरु भएको विमानस्थल २०७७ साल ७ महिना ५ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ ।
निर्माण कार्य शुभारम्भमा प्रतिनिधिसभा सदस्य रायमाझीसहित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का, प्रदेशसभा सदस्यद्वय चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछान, स्थानीय बासिन्दा, नागरिक अगुवा लगायतको उपस्थित थियो ।
विमानस्थल बन्छ र छिटो छरितो यात्रा गर्न पाइएला भनेर आशा गरेर बसेका अर्घाखाँचीका नागरिक विमानस्थल नबन्ने त होइन भनेर चिन्ता गर्न सुरु गरिसकेका थिए । निमार्ण कार्य सुरु भएपछि अब ढिलै भए पनि विमानस्थल बन्छ, भन्नेमा स्थानीय तथा जिल्लावासीहरूले आशा गर्न थालेका छन् । अहिले अर्घाखाँचीका नागरिक सन्धिखर्कबाट रुपन्देहीको भैरहवामा गएर हवाई यात्रा गरिरहेका छन् ।
आफ्नै जिल्लामा विमानस्थल भएमा बिहान काठमाडांै गई काम सकेर साँझ घर फर्कन सक्ने सपना देखेका जिल्लावासीको सपना पूरा हुन कति वर्ष लाग्ने हो त्यो भने हेर्न बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्